चितवनमा ध्रुवे हात्तीकाे आतंक

काठमाडौं । चितवनमा जङ्गली ध्रुवे हात्तीले फेरि आतंक मच्चाएको छ ।
ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर मानव बस्ती पस्न थालेपछि स्थानीय आतंकित भएका हुन् ।
बस्तीमा पसेर हात्तीले घर गोठ भत्काउने र अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जले जनाएको छ । हात्ती नियन्त्रणका लागि प्राविधिकसहितको दुई वटा टोली परिचालन गरिएको जनाइएको छ ।
हात्ती नियन्त्रण गर्न निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गर्दै आएका छन् ।
निकुञ्ज आसपासका क्षेत्रमा बाहिर निस्कँदा सर्वसाधारणलाई सावधानी अपनाउन निकुञ्जले आग्रह गरेको छ । ध्रुवे हात्तीले बेलाबेलामा बस्तीमा पसेर सर्वसाधारणलाई दुःख दिने गरेको छ ।
अहिलेसम्म ध्रुवे हात्तीले २२ जनाभन्दा बढीको ज्यान लिइसकेको जनाइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप

डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै

१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ

१७ मंसिर, काठमाडौं । उच्च अदालतले धरौटीमा छाड्न

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम