स्याङ्जा,दिपक विश्वकर्मा- स्याङ्जाकोअर्जुनचौपारि गाउँपालिका द्वारा शैक्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ।
प्रतियोगितामा पालिका भित्रका कक्षा ( ६ -८) सम्मको गाँउपालिका स्तरीय हाजीरीजवाफ प्रतियोगितामा अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमी (प्रथम ) पञ्चकन्या माध्यमिक विद्यालय (द्वित्तीय ) र सरस्वती आधारभुत विद्यालयले (तृतीय ) स्थान प्राप्त गरेका छन् ।
त्यसै गरी कक्षा ( ९ – १२) माध्यमिक तह को गाँउपालिका स्तरीय हाजीरीजवाफ प्रतियोगितामा घण्टे माध्यमिक विद्यालय प्रथम पञ्चकन्या माध्यमिक विद्यालय द्वित्तीय तथा सर्वोदय माध्यमिक विद्यालय र दरौं माध्यमिक विद्यालय ले तृतीय स्थान प्राप्त गरेका छन् ।
६-८ को हाजीरी जवाफ मा १० वटा स्कुल र ९ -१२ को हाजीरी जवाफ मा ८ वटा स्कुल ले सहभागिता जनाएका थिए ।