अमरापुरीका युवाहरुको सक्रियतामा माक्स र सेनिटाइजर बितरण

कोभिड(१९ को न्युनिकरणका लागि अमरापुरीका सक्रिय युवाहरु मिलि गठन गरिएको कोभिड-१९ न्यूनीकरण रिस्पोन्स टिमू को अभियान अन्तर्गत नमुना आमा समुहको आयोजना र धर्मभक्त टोल बिकास संस्थाको आर्थिक सहयोग मा बिहिबार गैडाकोट-१६, धर्मभत्त टोलमा रहेका ८५ घरधुरीलाई सर्जिकल मास्क, सेनिटाइजर लगाएतका स्वस्थ्य सामाग्री बितरण गरि कोभिड न्युनिकारणको लागि सरकारको मापदण्ड पुर्णरुपमा पालना गर्न सचेत गराइएको छ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै गैंडाकोट वडा नम्बर १६ का वडाध्यक्ष गोवर्धन ज्ञावाली ले अमरापुरिमा कोभिड-१९ लाई न्युनिकरण गर्न खटिएका आफ्नो वडाका ११ वटा महिला समुहहरुलाइ आफ्नो तलव बाट रु. १०,०००। को दरले सहयोग गरि प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
कोभिड-१९ न्यूनीकरण रिस्पोन्स टिम गैडाकोट १४-१७, अमरापुरी ले यस प्रकारको कार्यक्रम मार्फत जनसमुदायलाई सचेत गराउदै संक्रमीत हरुलाइ भेटेर प्रोत्साहन गर्ने, परिवारलाई आवश्यक सल्लाह दिने र सक्रमितलाइ गाह्रो भएको अवस्थामा एम्बुलेन्स खोजी अस्पताल पुर्याउने कार्य गरिरहेको छ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै