पञ्चकन्या माध्यमिक विद्यालयको ४९औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

दिपक विश्वकर्मा, एन सन्चार, पौष १७: स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका वडा न.१ स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयले ४९औ बार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

No description available.

मंगलबार एक विशेष समारोहको आयोजना गरी विद्यालयले ४९ औ बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सव समारोहको समुदघाटन अर्जुनचौपारि गाउँपालिका प्रमुख प्रकाश तिवारीले ब्यानर पढेेर गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका तिवारीले आफुलाई सबै राजनीतिक दलहरुले मत दिएर जिताएको हुनाले आफ्नो कार्यकालमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाउदै विकास भनेको रोड,भवन र बिजुलिको पोल मात्र होइन, मानिसहरूको सोच्नेशैलीमा सकारात्मक परिवर्तन,सिर्जनशिलता र बौध्दिकतामा निखार अनि युग सुहाउँदो ज्ञान र त्यसको प्रयोग भएको बताउनुभयो ।

No description available.

४९औ वार्षिकोत्सब लाई सम्बोधन गर्दै तिवारीले शैक्षिक सुधारका लागि पालिकाले धेरै कदमहरु चालेको शैक्षिक सुधारका लागि सम्पूर्ण शिक्षक,विद्यार्थी, अभिभावक र जनप्रतिनिधि एक भएर आफ्नो कर्तव्य निभाउन सके मात्रै सम्भव हुने बताउनुका साथै शिक्षाका लागि आवश्यक पर्ने बजेट तथा पालिकाबाट गर्न पर्ने सहयोगमा कुनै कमि हुन नदिने जिकिर गर्नुभयो ।

No description available.

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद तिवारीले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै रु.३ करोड ८९ लाख ११ हजार ८ सय ९१ रुपैयाको आर्थिक प्रतिवेदन सुनाएका थिए ।साथै विभिन्न दाताहरुले थुप्रै विधामा पुरस्कारहरु सौजन्य गरेका थिए।वार्षिकोत्सबकै अवसरमा विभिन्न कार्यक्रम हरु विज्ञान तथा कृषि प्रदर्शन,रक्तदान कार्यक्रम विभिन्न विधाहरुमा पुरस्कार वितरण गरिएको थियो कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।

No description available.

विधालयका विधार्थीहरुको प्रस्तुतिले झनै कार्यक्रमको शोभा बढाएको थियो । कार्यक्रमका वक्ताहरु खडानन्द पौडेल ,टुकराज अर्याल ,रण बहादुर थापा ,चिनमाया गुरुङ ,विद्यार्थी असिम काफ्ले ,युवराज काफ्ले लगायतले सबै जना मिलेर पञ्चकन्या मावि लाई उत्कृष्ट बनाउन सबै जना आफ्नो आफ्नो ठाउँबाट लागि पर्ने व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फणिनारयण अर्यालको अध्यक्षतामा सम्पन्न  कार्यक्रमको सञ्चालन शिक्षक शोभाकान्त अर्याल विद्यार्थी सृष्टि के.सि.तथा समिक्षा अधिकारीले गर्नुभएको थियो ।

No description available.