कोरोनाबाट दुई लाख ७६ हजार नयाँ संक्रमित थपिँदा ३८ सय ७४ जनाको मृत्यु

एजेन्सी, जेठ ६ । भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई लाख ७६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा सातौं दिन पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई लाख ७६ हजार ११० नयाँ संक्रमित थपिँदा ३ लाख ६८ हजार ७८८ जना निको भएका छन् । तीन हजार ८७४ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोभिड–१९ बाट दुई लाख ८७ हजार १२२ जनाको मृत्यु हुँदा ३१ लाख २९ हजार ८७८ जना सक्रिय संक्रमित छन् ।
दुई करोड ५७ लाख ७२ हजारभन्दा बढी संक्रमित भएको भारतमा अहिलेसम्म करिब १८ करोड ७० लाख १० हजार जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएको जनाइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

दिपक विश्वकर्मा स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा प्रथम

११ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका विषयगत समितिका

नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

२९ कात्तिक, काठमाडौं । जनजिभ्रोमा एउटा गीत खुबै