पृथ्वी नारायण शाह र राष्ट्रिय एकता दिवस

Great King Prithvi Narayan Shah – National Heroes of Nepal | Nepals Buzz  Pages

जीवन परिचय:

वि.सं. १७७९ मा गोर्खा राज्यको युवराजकुमारको रूपमा जन्मेका पृथ्वीनारायण शाह पिता नरभुपाल शाह तथा माता कौशल्यावतीका ज्येष्ठ सुपुत्र थिए। आफ्नी जेठी आमा चन्द्रप्रभावती देवीबाट युद्धकौशल, घोडचढी, तरबार बाजी, राजनीति, कुटनीति, धर्नुविद्या आदि सिक्न सफल भएका उनी सानैदेखि तिछ्ण बुद्धि भएका चतुर ब्यक्ति थिए ।

वि.सं. १७९९ मा पिताको देहावसान भएपछि राजा बनेका उनी आफ्नो पिताको नुवाकोट आक्रमणको हारबाट टुक्रिएको सपनालाई बिपनामा बदल्ने साहस बटुले तर फेरि हारे विसं १८०० मा । कमजोर सैन्य शक्ति, जिर्ण र पुरातन हातहतियार, कमजोर अभ्यास, कमजोर भौगोलिक अध्ययन, आर्थिक अभाव आदिको कारण हार बेहोरेको आत्म समिक्षा सँगै बिसे नगर्चीको सल्लाहबाट बाह्र हजार गोर्खाली घरधुरीको सरसहयोग बटुलेर सैनिकको पुर्नगठन, आधुनिक तालिम अनि हतियारको बन्दोबस्ती गरेपछि बल्ल वि. सं. १८०१ बाट उनको नेपालको एकीकरणको यात्राले निरन्तरता पायो ।

Battle of Nuwakot - Wikipedia

नुवाकोट विजयपछि पनि उनले निरन्तर सफलता पाएका भने होइनन्। किर्तीपुर संगको प्रथम र दोश्रो युद्धमा क्रमशः कालु पाण्डे मारिनु, दोश्रो युद्धमा भाइ सुरप्रताप शाहको आँखामा र अर्को भाई दलमर्दन शाहको ढाडमा चोट लाग्नु, (कतै कतै टाउकोमा चोट लागेको पनि भनिन्छ ।), त्यस्तै प्रथम किर्तिपुरसंगको युद्धमा पृथ्वीनारनयण शाह आँफै भन्डै झन्डै मारिनुवाट बचेर दहचोक हुँदै नुवाकोट पुग्नु परेका घटनाहरु मृत्युलाई नजिकबाट देखेका अनुभवहरू हुन् उनका लागि 
एउटा दरबारमा जन्मेको राजकुमार संगठित र ठूलो सम्राज्यको महाराज बन्ने सपना बोकर खोला, नदी, जंघार तरेर हिड्नु, पाइला पाइलामा युद्धको तयारी र जोखिम मोलेर लमजुङ, कास्की, पर्वत र तनहुँसंग मैत्री सन्धी गरि दुश्मनलाई भुलाउन सक्नुपनि कम चतुरयाई युक्त काम थिएन ।

ती हिमाल पहाड र तराइको उकाली ओरालीलाई सामना गर्नु कम चुनौतिपूर्ण थिएन । न कुनै बाटोघाटो, न गाडी घोडा, न कुनै आजको जस्तो पूर्वाधार, संचारको सुविस्ता, न खोलाखोल्सा र नदीहरुमा पुलको व्यवस्था तरपनि कत्रो शाहस, कत्रो महत्वकांक्षा… त्यही अभिलाषाले त इतिहासले एउटा नायक पायो । आर्थिक स्वार्थको लागि मकवानपुरसंग जोडिएको बैबाहिक सम्बन्ध ले कहिल्यै पनि सार्थकता पाएन। यस मानेमा उनी घमण्डी र पुरातनवादी भएपनि आँटी, दूरदर्शी र पराक्रमी भएको प्रमाण उनको एकीकरणको अभियानमा देखिन्छ ।

King Prithivi Narayan Shah essay

त्यसै गरी वैचारिक तथा सैदान्तिक हिसाबले दूरदर्शिता उनको दिब्योपदेशमा पनि देखिन्छ । आफ्नो जीवनको उत्तरार्दमा आफ्ना उत्तराधिकारी र भाइ भारदारलाई दिएका उपदेशहरू कम मर्मस्पर्शी छैनन् । ती उपदेशहरु आज उनी मरेर गएको दुई सय पचास वर्षपछाडि समेत उत्तिकै शान्दर्भिक रहेको हामी पाउँदछौं । जुन राज्य जित्यो त्यहाँका सेना र नागरिक मात्र नभई उनीहरूको संस्कृति र परम्पराको समेत सम्मान गर्नसक्ने धार्मिक तथा सांस्कृतिक सहिष्णुताको पाठ अहिले आएर कमैमात्रले बुझ्न र मनन गर्न सक्छन् ।

उनको चतुर्याइको अर्को पाटो हेर्ने हो भने काठमाडौंको उत्तरबाट नुवाकोट, बेलकोट हुँदै काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँगा, नाला, साँखु, चाँगु तथा पश्चिमका नालदुम, महादेवपोखरी, दहचोक जितेपछि मकवानपुर समेतलाई जिती काठमाडौंलाई आर्थिक नाकाबन्दीले थिलोथिलो पार्ने र आक्रमण गर्ने योजना आँफैमा चतुरता र धैर्यताको अनुपम नमूना थियो । युद्धमा साम, दाम, दण्ड, भेदको प्रयोग नगरी त पक्कै पनि सफल भएका थिएनन् उनी । आँफू ठूलो सम्राज्यको राजा बन्ने इच्छा जाग्नु, भारतलाई टुक्रयाउदै निल्दै गरेको बेलायती सम्राज्यवाद यी पहाडी टुक्रे राज्यमा नआउदै ठूलो देश बनाएर लड्छु र रोक्छु भनेर सपना देख्नु, त्यो सपना लाई विपनामा परिणत गर्ने योजना बनाएर, पूर्व अभ्यास र पूर्व तयारीका साथ नेतृत्व बहन गर्नु, आँफै खटेर दिनरात नभनेर लागि पर्नु आदि एउटा सामान्य व्यक्तिको गुण हुँदै होइनन्।

History Of Modern Nepal : Essay On Unification Of Nepal

पूर्वमा टिस्टा नदीसम पुगेपछि पश्चिममा तनहुँमाथि आक्रमण गर्दा कास्की, लमजुङ र तनहुँको संयुक्त फौजले हराएपछि नथाक्नु पर्ने मान्छे थाके वि. सं. १८३१ मा जतिवेला उनी मात्र ५२ वर्षका मात्र थिए। हुन त यो चराचर जगतमा कमाएको नाम, यश, किर्ती, धनदौलत सबै छोडेर जानुपर्ने शास्वत नियमनै हो । उनीपनि एक आम मानिस नै थिए । त्यसकारण उनीपनि प्राकृतिक शक्तिमाथि नतमस्तक भए, घुँडा टेकेर गए। जाँदा जाँदै आफ्नो सारा गुह्यज्ञान दिब्योपदेशमार्फत छोडेर गए । यस अर्थमा उनीसंग अकञ्टक ज्ञानको संग्रह र एकीकरणको निरन्तरताको अभिलाषा रहेपनि प्राकृतिक शक्तिसंगको युद्धमा उनी हारेका हुन् ।

कीर्तिपुरेको नाक काट्न तामाङहरूको प्रयोग! - राजकुमार दिक्पाल :: HimalKhabar  - A Complete Nepali Political News Portal

तर आफ्नो सफल उत्तराधिकारीका रुपमा उनले बुहारी राजेन्द्रलक्ष्मीदेवी र कान्छो छोरा बहादुर शाह पाएका थिए, यस मानेमा उनी सफल र भाग्यमानीपनि हुन्। त्यसपछि त राजा त्रिभुवन र महेन्द्र बाहेक अरु उत्तराधिकारीले नेपालको राजनितिक इतिहासमा खासै प्रभाव देखाउन सकेनन् ।
वि.सं. २००९ सालमा योगी नरहरिनाथको सक्रियतामा पृथ्वीनारायण शाहको जन्मदिन पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालियो । पछि उनलाई राष्ट्रिय विभूतिको रुपमा आधुनिक नेपालका निर्माता, बड़ामहाराजधिराज तथा राष्ट्रिय एकताका प्रतिकको उपाधि दिइयो। यस मानेमा उनलाई राष्ट्रले सम्मान गरेकै हो । केहि विद्यालय, क्याम्पस, चोक तथा पार्कहरु उनको नाउँमा बने। केहि सडकहरू पनि उनको नामसंग जोडिए । इतिहास सोहि बमोजिम लेखियो । उनको चार बर्ण छत्तिस जातको फूलबारीको उर्दिले सबैलाई चेतना भयाकै थियो। राष्ट्रिय एकता, धार्मिक तथा सांस्कृतिक सहिष्णुता तथा भाइचारा बढेकै थियो। विश्वमा नेपाल एक समृद्ध राष्ट्र नबने पनि हामीसंग प्राकृतिक श्रोत र साधन पर्याप्त थियो। नेपाल विकासोन्मुख देश थियो। दक्षिण एसियामा यसका आफ्नै विशेषणहरू थिए। अन्तराष्ट्रिय स्वार्थहरु हावि हुन पाएका थिएन । नेपालीहरू खुशी थिए। जसरी कोशी, गण्डकी र कर्णाली सङ्लिएर अनवरत बगीरहेका थिए, त्यसरी नै नेपाल आफ्नो गन्तब्यको यात्रामा अनवरत अगाडि बढिरहेको थियो। बिचमा राणाहरुको एक सय चार वर्ष तथा पञ्चायतको तिस वर्ष र राजा ज्ञानेन्द्रको ४ बर्षको प्रत्यक्ष कार्यकालले मात्र नेपालमा पश्चगमन निम्त्याएको थियो भन्न सकिन्छ।

Unification of Nepal & Biography of Prithvi Narayan Shah - Hari570

पृथ्वी नारायण शाह माथिको प्रहार र खलनायकीकरण :

वि.सं. २००७ सालको आन्दोलन तथा दिल्ली सम्झौता पछाडिको राजनितिक परिवर्तन पछाडीको एक दशकमा राजा त्रिभुवनबाट एकपटक र राजा महेन्द्रवाट तीनपटक प्रत्यक्ष शासन हत्याएर प्रजातन्त्रमाथि प्रहार गर्ने प्रयासहरु भए र तेश्रो प्रयास १ पुस २०१७ वि.सं. मा राजा महेन्द्र सफल भए ३० वर्षे पञ्चायी ब्यवस्थाको जग बसाल्न । वि.सं.२०४७ सालमा जब प्रजातन्त्र पुर्नस्थापना भयो २०४७ को संविधानको प्रावधानप्रति असन्तुष्ट भई केहि कम्युनिष्ट घटकहरु भूमिगत भए।

वि.सं. २०५२ फागुन १ बाट माओवादी जनयुद्धको शुरुआत भयो । यसले नेपालबाट राजतन्त्र हटाउने गन्तब्य बनाएको थियो । वि.सं. २०५८ जेठ १९ को दरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको राज्यभिषेक तथा राज्यरोहण पश्चात भएको सत्ता स्वार्थले दरबार केन्द्रित राजनितीलाई थप स्वार्थमुखि र धमिलो बनायो । यसले माओवादी जनयुद्धको महत्वलाई चुल्याउने काम गर्यो।

janayudda dibas

सात राजनितिक दल र माओवादी बिचमा भएको बाद बुँदे दिल्ली सम्झौताले आन्दोलनलाई गति दियो र दोश्रो जनआन्दोलन २०६२/ ६३ भयो । त्यसपछि पुर्नस्थापित संसदले नेपालबाट २३८ वर्ष लामो राजतन्त्रलाई प्रतिस्थापन गर्यो । वि. सं. २०६५ जेठ १५ मा घोषित संघिय गणतन्त्रले दरबारे राजनितिलाई खलनायकीकरण गरिदियो । त्यसैको चपेटामा पृथ्वीनारायण शाहको सम्मान खोसियो ।

त्यसो त पहिलेपनि किर्तिपुरको युद्धमा आत्मसमर्पण गर्न नचाहने नेवार युवाहरुको नाक काटेर सत्र धार्नी पुर्याएको र नेवारी आत्मसम्मानमाथि ठेस लगाएको भन्दै काठमाडौंका नेवारहरुबाट पृथ्वीनारायण शाहको विरोध हुने गर्थ्यो । त्यसपछाडि दरबार विरोधी लोकतान्त्रिक गणतन्त्रले पुष २७ लाई राष्ट्रिय दिवसबाट हरायो। यो शाहवंश र पृथ्वीनारायण शाहमाथिको संस्थागत आक्रमण थियो । यो आक्रमणले सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकको तोडफोड, पोखराको पृथ्वी चोक को शालिक को तोडफोड र अन्त्यमा शालिक हटाएर लखन थापा (जो नेपालका पहिलो शहिद मानिन्छन) को शालिक राखियो।

Lakhan Thapa - Wikipedia

लखन थापाको शालिक तनहुँको आँबुखैरेनी, कुरिनटार वा मनकामना मन्दिर परिषरमै राख्न सकिन्थ्यो। पोखरामै लगेर पृथ्वी नारायण शाहदै शालिक हटाएर राख्नुपर्ने भयंकर राष्ट्रिय आवश्यकता थिएन। राजा त्रिभुवन, महेन्द्र, विरेन्द्र आदिका शालिकमात्रै भत्केका होइनन्, त्यो भन्दा चर्को सांघातिक आक्रमण त पृथ्वीनारायण शाहमाथि नै भयो । संघिय गणतन्त्रका हिमायती नायकहरुले राष्ट्रिय संरचना फेरेर राज्य पुर्नसंरचना गर्ने, राजा महेन्द्रले गरेका बिकासका पूर्वाधारको नामोनिशानी मेट्ने तथा पृथ्वी नारायणले निमार्ण गरेको आधुनिक नेपालको जग पनि फेर्न खोजेका हुन्। तर योग्य नवनायक फेला पार्न सकेनन् । जति नायक आए सबै धमिलो पानीमा माछा मार्ने र रङ बदल्ने छेपारा मात्र आए। नायक बन्छु भनेर उफ्रेर भएन क्यारे, आँफूभित्र क्षमता र योग्यता पनि त हुनु पर्यो ।

पृथ्वी माथिको अर्को गतिलो प्रहार भनेको धार्मिक तथा सांस्कृतिक प्रहार हो । जुन अमूक राजनितिक नेसनल अर्गनाइजेसनले गरिरहेको थियो। पृथ्वीनारायण शाहले एकीकरणमा जनजाति र मंगोल माथि आक्रमण गरेर युद्धको विजयको उन्मादले जनजातिहरूको हत्या गरी उनीहरुको रगतले दशैंको टिका मुछेर लगाउने प्रचलन बसाए भनेर भनियो । विजया दशमीलाई कालो दिन भनेर अंगारको टिका लगाएर सांकेतिक विरोध गरेर दशैंलाई सामूहिक रुपमा बहिस्कार गरेको पनि देखियो सामाजिक संजालमा । त्यतिमात्र नभएर पश्चिमी चर्चको डलर र एनजीओ, आई एनजिओको एजेन्डा बोकेका तिब्बतीयन शरणार्थी र दार्जिलिङे मिसनरी आवद्धहरुले दिनदहाडै गोरु काटेर सामाजिक संजालमा सामूहिक गोरु भोज गरेर सिङगो हिन्दू धर्ममाथि आक्रमण गर्न शुरु गरेकोपनि देखिन्छ ।

सायद पृथ्वीनारायण शाहले अन्य धर्ममाथि थिचोमिचो गरेको भए इतिहासमा पहिले लुकाएर पक्कै लुक्ने थिएन । कुनै न कुनै रूपमा भएपनि आम नागरिकको कान कानमा एक कान दुई कान मैदान भइसक्ने थियो। दुई सय पचास बर्षपछिको आक्रमण आँफैमा राजनितिक तथा धार्मिक स्वार्थ हो । यो एजेण्डा तथाकथित खलनायिकीकरण गरि जातिय द्धन्द्ध भड्काउने खेलमात्र हो भन्न सकिन्छ ।
संसारको राजनितिमा सबैभन्दा तुच्छ र सजिलै भड्काउन सकिने आक्रमण भनेको धर्म संस्कृति माथिको आक्रमण मानिन्छ । जसका कारण लाखौं मानिस बिनाकारण मारिन्छन् । अरबौंको धनजनका क्षति हुन्छ । संघियता, गणतन्त्र, लोकतन्त्र आँफैमा राम्रा र महत्वपूर्ण राष्ट्रिय उपलब्धी हुन् ।

14th Republic Day (Ganatantra Diwas) of Nepal | Collegenp

यिनीहरूको विकल्प पनि छैन। तर गणतन्त्र र लोकतन्त्र भन्दैमा यसको सही व्यवस्थापन र दूरदर्शी नेतृत्वको अभावमा पाएको उपलब्धी समेत गुम्ने खतरा छ। हरेक छाडातन्त्र, खुल्लापन, दण्डहिनता, धार्मिक सांस्कृतिक प्रत्याक्रमणलाई संवैधानिक स्वतन्त्रता र मौलिक हकको रूपमा सप्रसंग व्याख्या गरिने हो भने गरिमामय अदालतको काम के ? संवैधानिक सर्वोच्चता तथा प्राप्त उपलब्धिको अर्थ के ? के कानून सबैको लागि बराबर होइन र ? जसले विरोध, बन्द, हड्ताल र गुण्डागर्दी गर्यो सत्ताले उसैको साथ दिने हो भने कानुनी राज्य खै ? सायद पृथ्वीनारायण शाहले चार वर्ण छतिस जातमा यस्तो धर्म निरपेक्षता त पक्कै खोजेका थिएनन् होला।

छातीमा हात राखेर हेरौं त प्राप्त धर्म निरपेक्षताले धार्मिक, सांस्कृतिक, सामुदायिक वा भाषिक सहिष्णुता कायम गर्न खोजेको छ त ? मठ मन्दिर माथिको आक्रमण, नेपालगञ्जको हालैको दंगा फसाद, धरानको गोरुकाण्डले देशलाई कता लग्दैछ ? भुटानको जोङ्खा भाषिको शुद्धिकरण, तथा नेपाली मूलकाहरुको देशनिकालापनि ठिक थियो त ? अहिलेको नेपालको धार्मिक तथा जातिय, अतिवाद पनि त ठिक छ त ? यसप्रति हाम्रो लोकतन्त्र, गणतन्त्र, संघीयता तथा धर्मनिरपेक्षताको घोक लगाउने राजनितिक नेतृत्व तथा सरकार किन मौन छ ? भड्किने अवस्था आएमा ८१ प्रतिशत हिन्दू भड्किए कत्रो नरसंहार होला ? संयमताको कसीमा खरो उत्रनुपर्ने ८१ प्रतिशतले नै हो त ? अरुले जसो गरेपनि हुने हो ?

किन तारो बन्यो राजसंस्था ?

नेपालमा कुनैपनि राजनितिक दल भन्दा दरबारको हैसियत धेरै माथि थियो । नेपालमा आ आफ्नो स्वार्थ घुसाउन खोज्ने विदेशी सरकार, नेता वा पदाधिकारी, व्यापारी तथा एजेन्टहरू राजासँग सिधै आएर मोलमोलाई गर्न सक्ने हैसियतमा पुग्न सक्ने कुरा त हुँदै भएन। राजालाई विचमा राखेर नेपाली राजनितिक दलले मनोमानी तरिकाले साँठगाँठ गरी अनैतिक लेनदेन र सन्धी सम्झौता तथा भ्रष्टाचार गर्न सक्ने कुरा पनि कानून सम्मत हुने हैसियत थिएन । यसरी राजसंस्था ब्लक चेन बनेर बसेको थियो हरेक अनियमितताका विरुद्ध, राजनितिक दल र विदेशी कमिसन खोरका बिचमा ।

अर्कोतिर राजसंस्था आफ्नै लागि भएपनि राष्ट्रप्रेमी थियो । जनताको मनमा बसेको अवस्थामा थियो । राजाले ठूलै कु गरेपनि देशको विपरित जाँदैनन् भन्ने कुरामा ढुक्क थिए जनता। यता हरेक सरकार गठनर बिघटनमा निर्णायक भूमिकामा राजा नै हुन्थे, कानुन निमार्णको अन्तिम हात र न्यायपालिकाको निर्णय फेरबदलमा पनि राजा उत्तिकै सक्रिय थिए । यसका पछाडि जननिर्वाचित प्रतिनिधीहरु र स्वयं प्रधानमन्त्री पनि राजाका चाकरीबाज बन्नु पर्थ्यो। चाकरी नगरे प्रधानमन्त्री नबन्नेमा ढुक्क भए हुन्थ्यो। यसरी जे गर्नुपरे पनि राजाको सहमति बेगर राजनितिको र पनि परिवर्तन हुन्नथ्यो। यस्तो राजा रहेसम्म राजनितिक दलको दाँया बाँया गरेर गरि खाने भाँडो भरिन्नथ्यो । उता भारतले पनि चरप्प च्यापेर असमान सन्धि सम्झौतामा हस्ताक्षर गर्न गराउन राजा नै बाधक बन्थे। यस्तो अवस्थामा राजतन्त्र ढाल्नु सहज थिएन। ठूलै चमत्कार नभई त्यो संभव थिएन।

राजदरबार हत्याकाण्डको २२ ‌औं वर्ष: आखिर के भएको थियो त्यस रात ?
यस्तै चमत्कारिक भूमिकामा आएको ने.क.पा माओवादीले बाह्रबुँदे सम्झौताको आडमा ल्याएको दोश्रो जनआन्दोलन र राजा ज्ञानेन्द्रले गरेको अप्रिय असोज १९, २०५९ र माघ १८, २०६१ को कारण राजसंस्था कमजोर बन्न पुग्यो । अब राजा ज्ञानेन्द्र आफ्नो निर्णयबाट वैशाख ११, २०६३ को घोषणा गरेर फर्के, नेकपा माओवादीको दबाबमा राजसत्तालाई पुर्नस्थापित संसदले गरेको ऐतिहासिक घोषणाले सधैंकालागि राजतन्त्र मिल्कायो । सर्पपनि मर्यो लठ्ठी पनि भाँचिएन को अवस्थामा राजनितिक दल आए। राजाले प्रतिकार नगरेपछाडि राजनितिक दल जनमतको शक्तिमा आफ्नै डम्फुको तालमा नाच्ने सुअवसर पाए। भनिन्छ कि राजनितीमा कोहि चिर शत्रु वा मित्र हुँदैन। तर दरबार र राजनितिक दलको सम्बन्ध भूपू मायालुको खतरनाक ब्रेक अप भन्दा कम भएन ।

एउटा पूर्व भए अर्को पश्चिमको चिसो अवस्था रहे। दरबार भन्दापनि राजनितिक दलले चर्को सत्तो सराप गरेर दरबारतिर फर्केर भुकीरहे । राजनितिक दललाई अझै डर छ की जनताको सहयोग पाई वा जनमत संग्रहबाट राजा आइ पो हाल्छन् कि ? आए भने भोलिको उत्तराधिकारी को हुने ? त्यो भन्दा वढी खाइपाई आएको आफ्नो हैशियत के होला ? असंभव भन्ने कुरो राजनितिमा नहुने रहेछ । यसकारण अहिलेको राजनिती पूर्णरुपमा शसंकित, अतिरञ्ति र तरंगित राजनिति हो भनेर भन्न सकिन्छ ।

के अब राजनितिक बेइमानी नै साँध्ने त ?

राजा आउ देश बचाउ भन्नु हामीमा क्षमता छैन तिमिले गर है भन्नु हो। यदि लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता आदिको संस्थागत गर्ने नै हो भने राजनितिक दलले आफ्नो पुरानो मुकुण्डो उर्तानु पर्छ । भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, राष्ट्रिय स्वार्थलाई र जनचाहनालाई वेवास्ता गर्ने, देशविकासमा कुनै दुरगामी योजना ल्याउन नसक्ने, युबालाई खाडीमा, नेता गाडीमा र जनतालाई झाडीमा राखेमा, सुशासन बिर्सेर दण्डहिनता र अपराधीलाई आममाफी दिने, कमिसन र भागबन्डामा देश चलाउने, देशलाई असफल राज्य बनाउने खेलमा लाग्ने हो भने यो खेल उनीहरूक लागि घातक सिद्ध हुनेछ ।
जो नयाँ उदियमान दल छन्, जसमा जुझारु युवा छन् वा जो विरक्तिएर स्वतन्त्ररुपमा राजनितिमा आएभने पुराना राजनितिक दल पत्तासाफको संघारमा पुग्ने निश्चित छ । वि. सं. २०४७ पछाडि देशमा रुस र चीनले बनाइदिएका उद्योगधन्दा बेच्ने र नवउदारवादलाई बोक्ने बाहेक के परिवर्तक आएको छ ? ३८/४० निगम र कम्पनी बनेकापनि निजिकरण भए, बेचिए र बन्द भए। भारतीय व्यापारिक वस्तु तथा सेवा निर्वाध रुपमा भित्रिन शुरु भयो । राजा महेन्द्रले पञ्चायतकालमा बनाएका राजमार्ग र जलविद्युत आयोजना को नाम फेर्ने बाहेक नयाँ उल्लेखनिय पूर्वाधार के बने ? ठूला अस्पताल समेत पहिलेकै हुन्।

नयाँ सरकारी अस्पताल खै ? देशको सार्वजनिक ऋण घटेको र आर्थिक वृद्धिदर बढेको खै ? गरिबी निवारण हुनुमा पनि त विप्रेषणकै भर पर्नु परेको छ। दैनिक १५०० बढी युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको बाटो खाडीमा पठाउनु परेको छ। हिमाल र पहाड खाली हुनु, त्यहाँको जमिन बाँझो हुनु अनि तराइमा तिव्र जनसंख्या वृद्धि हुनु, जमिनकै खण्डीकरण गरेर खेतीयोग्य जमिन मास्नु, क्षमतावान् युवा वैदेशिक अध्ययन र श्रमका लागि युरोप, अमेरिका र अष्ट्रेलिया तथा जापान र कोरिया पुग्नुलाई कसरी परिवर्तन मान्ने ? राष्ट्रिय गौरवका आयोजना समेत डबल डबल समय खर्चिदापनि २२।२५ प्रतिशत मात्र काम हुन्छ । विधिको शासन, पारदर्शिता र जवाफदेहिताको अवसान भएको छ। देश आर्थिक मन्दिको चपेटामा छ।

यस्तो अवस्थामा राजनितिक बेइमानी र गैरजिम्मेवारीताले राजनितिक दलको पतन निश्चित छ । जनता नयाँ विकल्पमा जाँदा राजनितिक दलको मुखमा वोल्ने शब्द समेत हराउने छ । किनकी जनता जागेका छन् । राजनितिक चेतले भरिएका छन्, शिक्षित छन् । इन्टरनेट र सामाजिक संजालको पहुँचमा छन्। निरन्तर विचार, समाचार र हालखबरको संचार र आदानप्रदानमामा छन् । आज सुतेको जनता भोलि जागेर पर्सि राजनितिक परिवर्तन ल्याउन सक्ने हैसियतमा छन् । अब नेताले भाषण गर्दैमा तालि पिट्ने र सिटी बजाउने झोले जनता हैनन्, पूर्ण साक्षर र विचारले बिज्ञ नेपाली, सुसूचित आम नागरिक बनेका छन् ।

अब नेतृत्व पतन हुन सक्ला तर जनतालाई मूर्ख बनाउन सक्ने अवस्थामा छैनन्। रेडियो, टिभी, अन्लाईन र सामाजिक संजालका कन्टेन्टले संसार परिवर्तन भएको छ। फगत राति १२ बजे गरिने विशेष संसदीय निर्णयका भरमा देश चलेको छ ।

अब पृथ्वी नारायण शाह तर्फ फकिंदा

समय परिवर्तन संगै मानिस परिवर्तन हुन्छ। यो प्राकृतिक तथ्य हो। तर २५० अघिदेखि पृथ्वी नारायण शाहको विचारलाई करोडौं नेपालीले पक्कैपनि अध्ययन गरे। तर पृथ्वी कै नजरले कसले सोच्यो त ? कसले पछ्यायो उनको चाललाई अहिलेसम्म ? गफै चुट्ने नेता त पाइयो तर कर्म चुट्ने नायक खै ? “खानी भयाका ठाँउमा गाँउ भया पनि गाँउ अन्त सारी कन खानी चलाउनु । गन्हो बन्याका जग्गामा घर भया पनि घर सारी कुलो खैची सिंचाई गरी आवादी गर्नु। घुषखान्या र घुष दिन्या देशका महासतुर हुन् ।

यीनको त धनजीव गरिलियाको पनि पाप लाग्न्या छैन।“ यी यस्तै दिव्योपदेश हामीले पढेरै आएको हो । खनिजको अन्वेषण गरी खनिज उत्खनन् गरि औद्योगिक विकासमा लगाएको खै ? कृषिको आधुनिकीकरण गरी कृषि क्रान्ति गरेको खै ? भ्रष्टाचारमा लिप्तहरूले भ्रष्टाचार गर्न छोडेको खै ? आफ्नो आन्तरिक श्रोतको परिचालन गरि देशको बजेट निमाण गर्ने की वैदेशिक ऋण र अनुदानले झोला भर्ने ? के पृथ्वीनारायण शाहले अनुदान लिएका थिए नेपालको एकीकरणको दौरानमा ? पृथ्वीनारायण शाहले एक्लै लिएको नेतृत्व गणन्त्रका ८८४ नेता र १३३ मन्त्रीले किन लिन सक्दैनन्। २०६३ अगाडि त राजाले अंकुश लगाए भन्न मिल्थ्यो । अहिले कसले अंकुश लगाएको छ त ? अझ स्थानीय तहका ३५,२२१ जन प्रतिनिधी को त कुरै नगरौं ।

८२,४९६ कर्मचारी, सेना, प्रहरी र शशस्त्र प्रहरीको पनि कुरै नगरौं। के असंभव छ नेपाल बनाउन ? गर्ने इच्छाशक्ति नभएपछि स्वयं भगवानले धकेलेपनि अटस मटस नगर्ने हुँदो रहेछ मान्छेको जात ।
मानिस ज्यूदो हुन्जेल उ इतिहासको साक्षी हो । तर मरेर गएपछि अरुले राम्रो कामको सम्मान गरे त राम्रै भयो तर बिर्सनु वा उसको सत्कर्मलाई छाँयामा पारेर आफ्नो इतिहास लेख्न खोज्नु मानवीय स्वभाव मानिंदो रहेछ। आँफूलाई आफ्नो काम ढङ्गै नभएपनि अरुको भन्दा उत्कृष्ठ लाग्ने रहेछ। सायद नेपालमा यस्तै भयो । राष्ट्रिय एकता दिवस मेटाउन खोजियो । पृथ्वीनारायण शाह काल्पनिक पात्र भनिए। खास नेपालको निर्माता त अरु नै थिए केवल चाकरी गरेर उनको पक्षमा इतिहास लेखियो भन्ने कोशिस गरियो। त्यसो भए मेटाउन त सारा इतिहास। ल्याउन त नयाँ पात्र । कुन चाँहि जुरे, जुङ्गे र सिन्दुरे आँउछ त ? छ कोही मैले हो नेपालको एकीकरण गरेको भन्ने सुपरम्यान ? नेपालको राजनितिक, प्रशासनिक, धार्मिक र सांस्कृतिक एकीकरणमा पृथ्वीनारायण शाहकै योगदान थियो, छ र रहिरहनेछ। चेतना भया ।

पृथ्वी नारायण शाहकै दिव्योपदेशको कुरा गर्ने हो भने उनका दिब्योपदेशमा हामी स्वाधिनता, समावेशिता र सुशासन पाँउछौं । उनका उपदेश प्रवचन नभएर राज्यका नीतिहरू र राज्यका नीतिगत सिद्वान्तहरु थिए। “गुरुड् बस्न्यात, पन्थ, भैयाद, मगरलाई भारताप दिँदा पालैपालो गरिषान दिनु, यी मेरा नूनगुनका स्वझा सेवक हुन् । गुरुङ, मगर खाना ज्यादा, भैयाद, भारदार, मिर, उमराउ थरघर पुराना पुराना जांची गौडमा राषनु अदालथमा पनि ठकुरी जाँची डिठ्ठा राषनु, मगर जाँची विचारी थप्नु, कचहरी पिच्छे यक यक पण्डित राषि निआ निसाफ वमोजिम अदालथ चलाउनु” भन्ने कुराले राज्यमा सबै जातजातिको सहभागिता हुनुपर्ने कुरा उल्लेख गर्दछ ।

यसै गरी भ्रष्टाचार विरुद्ध आवाज उठाउनु, विराज बखेतीको सट्टा जनताद्वारा रुचाइएका कालु पाण्डेलाई काजी नियुक्त गर्नु उनको प्रशासनिक र लोकतान्त्रिक स्वभाव मान्न सकिन्छ । “अदालथका पैसा दरबार भित्र नहाल्नु, राजाले ठूलो निञा निसाफ हेर्नु, अन्याय मूलुकमा हुन नदिनु, निञा निसाफ बिगार्न्या भन्याको घुष दिन्या र घुष खान्या हुन् इनको त धनजीव गरिलियाको पनि पाप लाग्न्या छैन” ….. भन्ने कुराले प्रभावकारी न्याय प्रणालीलाई जोड दिन्छ । “देशका महाजन आया भन्या कंगाल गरी छोड्छन्।

देशका कपरा लगाउनलाई मन्हाई गरिदिनु । आफ्ना देशका कपरा बुन्न जान्यालाई नमुना देषाई सघाउनु र बन्न लगाउनु यस्व भया नगद देश जाँदैन । आफ्ना देशका जिनिस जरिबुती देश लैजानु र नगद खिची राषनु, प्रजा मोटा भया दरबार वलियो रहन्छ”….. जस्ता उपदेशले देशको उद्योग, ब्यापार, कलकारखानालाई प्राथमिकता दिई विदेशी आयात कटौति गरी आर्थिक सम्मृद्धि हासिल गर्न सकिने कुरा अगाडि सारेको देखिन्छ ।
६. निष्कर्ष
यसरी हेर्दा नेपालको स्वतन्त्र अस्तित्व देख्न नचाहने, आँफुलाई नेपाली भन्न नचाहने विदेशीका दास, गुलाम र तलुवावादले पृथ्वीनारायण शाहलाई खलनायक बनाउने कोशिस गरेको स्पष्ट हुन्छ। उनका हरेक कार्यका पछाडि त्यहाँका स्थानीय गुरुङ (तमु) तथा मगरहरूको ठूलो योगदानलाई स्वयं पृथ्वीनारायण शाहले पनि स्वीकारेका छन् । युद्धमा कैंयौ टुक्रे राज्यका रजौटा र तिनका सिमीत आसे पासे त पक्कै पनि पिंडामा परे होलान् । तर राष्ट्रनिर्माणको योगदानमा ती कुरा गौण मान्नु पर्ने नै हुन्छ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाह || राष्ट्रिय एकता दिवस् । Prithvi Narayan  Shah | Prithvi Jayanti | - YouTube
यसरी इतिहासको गुदी कुरा नबुझी तोडमोड गरेर उपेक्षा गर्ने, वस्तुगत विश्लेषण नगरी एकपक्षीय दृर्ष्टिकोण साँध्नु उनीप्रति कृतघ्न बन्नु हो । व्यक्तिगत रूपमा उनका हजारौं दोष भएपनि वा चाकडी र चाप्लुसीको भरमा उनीलाई देवत्वकरण गरी इतिहास लेखिएको भए, देवत्वकरण छोडी तात्वीकरणको बाटोमै जाँदापनि उनको योगदानलाई नजरअन्दाज गर्ने अवस्थामा हामी कुनै हालतमा पनि पुग्न सक्दैनौं ।

उनले एकीकरण गरेपछिको नेपालमा अहिलेको भारतको पटना, गोरखपुर तथा लखनउ सम्मको समथर भू भाग तथा दार्जिलिङ, सिक्किम र उत्तराखण्ड आदि अहिले नेपालकै रहेको भए कस्तो हुन्थ्यो होला नेपाल ? फेरि उनले सबै राज्य लुटेर र गोर्खालाई धनी बनाएका पनि त हैनन् । गोर्खाबाट उनले राजधानी काठमाडौँ सारे । काठमाडौँमा भएको महंगी नियन्त्रण गरे । इन्द्रजात्रामा काठमाडौँमा आक्रमण गरी कुमारी जात्रालाई नियमित गरी, कुमारी देवीको पूजागर्ने प्रचलन र नेवारी जात्रा प्रचलनलाई निरन्तरता दिए। राज्य बाडफाँड गर्न खोजेंका भाइलाई राज्य दिएनन् ।

यसकारण परिवार, नातावाद, कृपावाद र भावनामा नबहीकन सिद्वान्ततः एकीकरण र प्रशासनिक सुगठनमा जोड दिने उनीजस्ता नायक नेपालको इतिहाँसमा जन्मेकै छैनन् । उनी त समयले जन्माएको आवश्यकता थिए भन्न सकिन्छ । पृथ्वीनारायण पृथ्वी जस्तै विशाल कर्मवीर र धर्तीपुत्र हुन् । कसैलाई व्यक्तिगत उनी मन नपर्न सक्छ तर संस्थागत रूपमा उनी नायक हुन् । राष्ट्रनिर्माता, दूरदर्शी नेता, अीभयान कर्ता, जीवनभर विलासिता त्यागी, दरबार र राजगद्धीको प्रवाह नगरी नेपाल र नेपालीलाई एउटै मालामा गाँस्ने एउटा योजनाविद, योजनालाई कार्यन्वयनमा लाने विकासविद, हारदेखि हरेश नखाने, निरन्तर आफ्नो कार्यमा लागिरहने कुशल कारिगढ़ हुन्। यसकारण पृथ्वीनारायण शाह नेपाल र नेपालीको दिलको कुनामा अविराम, अविचलितरुपमा बसिरहेका छन् र बसिरहने छन् ।

प्रकाश भुसाल
कावासोती ३, नवलपरासी पूर्व
Bhusalprakash41@gmail.com
फोनः ९८४१४१९९४८

(भुसाल एन. सन्चार मिडिया प्रालीका सम्पादक समेत हुनुहुन्छ ।)