राष्ट्रियसभा उपनिर्वाचन सम्पन्न : ३ सय ३८ मत खस्यो ।

हेटौंडा : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ।
प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा ३ सय ३८ मत खसेको छ । प्रदेश सांसद १ सय ९ जनामध्ये १ सय ५ मत मात्रै खस्यो। स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३८ मध्ये २ सय ३३ मत खसेका निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
मतदान सकिएपछि केहीबेरमा आवश्यक प्रक्रिया पूरा गरी मतगणना थाल्ने तयारी गरिएको छ। आजै नतिजा सार्वजनिक हुने छ। उपनिर्वाचनमा एमालेकै दुई जनासहित तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।
उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनका तर्फबाट एमालेकै माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिष्पर्धामा छन्। गृहमन्त्री थापा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरी राष्ट्रिय सभा सदस्य पद रिक्त गराएको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा

१५ असोज, काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि

१४ असोज, काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत