जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन नगर्न आग्रह गर्नुभएको छ ।

आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो अनुरोध गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले रुस, युक्रेन सेनामा नेपालीहरु भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति विपरित, संविधानको मर्म विपरित, संविधानको मर्म विपरित र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरित सेनामा भर्ती नहुन आग्रह गर्नुभयो ।

उहाँले विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गर्नुभयो । उहाँले रुसलाई युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरु सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्काइदिन आग्रह गरिएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन ।

जोसँग सम्झौता भएका विगतका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन । रुसलाई नोट पठाइएको छ । परराष्ट्रमन्त्रीज्युले पटकपटक यो विषयमा कुरा गर्नुभएको छ । युक्रेनसँग, रुससँग । अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ । तपाईंले फिर्ता पठाइदिनुपर्छ भनेका छौँ ।

मारिएका बारेमा पनि कुरा भएको छ, क्षतिपूर्ति लगायतमँ । सरकारले गम्भीर रुपमा लिएन भन्नेकुरा सही होइन । सबैले जनतामा चेतना फैल्याउनुपर्छ । जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीति विपरित, संविधानको मर्म विपरित, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरित जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैल्याउनुपर्छ ।

सरकार गम्भीर छ । यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन ।’

प्रधानमन्त्री दाहालले रुस र युक्रेनमा नेपालीहरु सेना भर्तीको विषयलाई सरकारले गम्भीर रुपमा लिइरहेको बताउनु भयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 11 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 22 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *