नवलपरासी गोलीकाण्ड : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

६ जेठ, बुटवल । नवलपरासी (पश्चिम) मा बुधबार सशष्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुदन लुइटेल, गृहमन्त्रालयका उपसचिव माधवप्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए ।

समितिलाई घटनाको सत्यतथ्य सहितको प्रतिवेदन ७ दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरसहित केही युवा सीमावर्ती नाकाबाट भारत जान खोज्दा प्रहरीले रोकेपछि झडप हुँदा स्थानीय २३ वर्षीय अविनाश राजभरको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो।

समितिका सदस्यहरु आज-भोलीमै जिल्लामा आउने र छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१२
    • 8 views
    रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

    कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *