माैसमका नया प्रणाली भित्रिंदै, छिटो हट्ने छ हुस्सु कुहिरो
११ माघ, काठमाडौं । मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर त्यो बादलले पानी पार्ने सम्भावना भने छैन ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
तर ती बादलको प्रभावले हुस्सु कुहिरो छिटो फाट्न मद्दत गर्ने मौसमविद पुडासैनी बताउँछन् । ‘माथिल्लो वायुमण्डलमा बादलहरु आउँदाखेरि तल्लो वायुमण्डलमा रहेको हुस्सु कुहिरो लाग्दैन,’ उनले भने, ‘त्यसले हुस्सु कुहिरो चाँडै फाट्न मद्दत गर्छ ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता तराई मधेशका जिल्लामा बिहानपख बाक्लो हुस्सु कुहिरो लाग्ने लाग्दै आएको छ । आज बिहान झापाको चन्द्रगढी र बाँकेको नेपालगञ्जमा बाक्लो हुस्सु लागेकाले पारदर्शिता एक सय मिटरभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद पुडासैनीले जानकारी दिए ।
उनका अनुसार विराटनगरमा ५०० मिटर, धनगढीमा १५ सय मिटर, भैरहवामा १८ सय मिटर पारदर्शिता छ । दाङको घोराहीमा भने पारदर्शिता ६ हजार मिटर रहेको पुडासैनीले जानकारी दिए ।
नेपालमा हिउँदयाम सकिनै लाग्दा समेत पानी परेको छैन । हाल नेपाल भित्रिएको पश्चिमी वायुको प्रणालीमा पानीको मात्रा कम भएकाले वर्षा नभएको हो ।
आज दिउँसो र राति कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतवार, बैशाख १६, २०८१
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको
लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु
खुट्टामा हिलोले खाने समस्या वर्षायाममा देखिने समस्या हो
४ जेठ, काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण
४ जेठ, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणको अनुसन्धान