दैलेख जिल्लाको १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू

तेजेन्द्र शाही, एन सन्चार, दैलेखः  दैलेख जिल्लाको १४ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ।

दैलेख जिल्ला खेलकुद विकास समितिकाे आयोजना, ठाटीकाँध गाउँपालिका को आर्थिक सहयोग र ठाटीकाँध खेलकुद विकास समितिको व्यवस्थापन मा दैलेख जिल्ला ठाटीकाँध गाउँपालिका वडा नं १ हेलिप्याडमा मगंलवार देखि शुरु भएको हो ।

ठाटीकाँध गाउँपालिकामा  सुरु भएको रनिङ शिल्ड प्रतियोगिता माघ १९ गते चार दिनसम्म संचालन हुनेछ। उक्त रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहका का विच कर्णाली प्रदेश सरकार का आर्थिक तथा मामिला मन्त्री वेदराज सिंहले उद्धघाटन गरेका हुन।


रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी , लगायत विभिन्न खेल सन्चालन हुनेछन । प्रतियाेगितामा दैलेख जिल्लाका ११ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहका खेलाडीहरू सहभागी छन।