दैलेखको श्री जयदेव मा वि को एक दिने शैक्षिक भ्रमण  सम्पन्न

तेजेन्द्र शाही, एनसन्चार, माघ २४ :   दैलेख दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा नं ६  जम्बुकाँधमा रहेको श्री जयदेव माध्यमिक विद्दालयले  आफ्नो एक दिन शैक्षिक भ्रमण २०८० सम्पन्न गरेको छ।

 विधालयले आफ्नो बर्षिक कार्य तालिका अनुसार यस बिधालय मा कक्षा ६ देखि १२ सम्म को सामजिक बिषय को प्रतिबेदन लेखन कार्यलाई  प्रत्यक्ष अवलोकन विधि  बाट विधार्थीहरुलाई दैलेख जिल्ला भित्र रहेका पाँच थान पंचकोशी मध्य चार पवित्र तीर्थस्थल पादुका , धुलेश्वर ,श्रीस्थान ,नाभिस्थान  लगायत दैलेख जिल्लाको  सदरमुकाम मा रहेको प्रख्यात धार्मिक स्थल  बेलासपुर मन्दिर, एतिहासिक कोतगढी, दैलेख जिल्ला को पेट्रोलियम उत्खनन भइरहेको ठाउ जस्ता धेरै ठाउँ  को स्थलगत अध्ययन अवलोकन गराउने उदेश्यले एक दिन शैक्षिक भ्रमण 2080 सम्पन्न गरेको हो ।


यस भन्दा पहिले यस विद्यालय ले यसै विधालय शिक्षक तिलक शाही को संयोजकत्वमा वि सं 2076 सालको फागुन महिनामा शैक्षिक भ्रमणको लागि दैलेख जिल्ला विभिन्न ठाउँहरूमा अवलोकन गराउदै दैलेख जिल्ला भन्दा बहिर सुर्खेत, सल्यान, बर्दिया का विभिन्न ठाउँहरूमा 100 भन्दा बढी बिधार्थी हरु लाइ प्रत्यक्ष अवलोकन गराएको र त्यसपछि भन्ने विविध (आर्थिक )कारणले शैक्षिक भ्रमण गराउन नसकेको र यस पटक भन्ने शिक्षक कर्मचारी र विध्यार्थी हरू ले सयुक्त निर्माण गरेर प्रत्येक बिधार्थी बाट रू(700) सात सय र प्रत्येक सहभागी शिक्षक कर्मचारी हरू बाट (1500) एक हजार पाँचसय शैक्षिक भ्रमण तथा अवलोकन खर्च सकलन गरेर र खर्च कम भएमा विधालय को आन्तरिक श्रोत बाट खर्च गर्ने विधालय का प्रध्यानाध्यापक तिलक प्रसाद शर्मा ज्युले बताउनुभयो।

यो शैक्षिक भ्रमण हाम्रो विध्यार्थी हरू को लागि निकै उपलब्धि मुलुक भयो। हामिले सबै बिधार्थी हरु लाइ यस शैक्षिक भ्रमण विविध कारणले सहभागी गराउन नसके पनि यस भ्रमण मा सहभागी विध्यार्थी हरू बाट कक्षा कोठामा छलफल गरेर ज्ञान साटासाट गरी सम्पूर्ण बिधार्थी हरु लाइ दैलेख जिल्लाको एतिहासिक पृष्ठभुमि बुझ्न सक्ने क्षमता को विकास गराउने छौं।
शैक्षिक भ्रमण मा सहभागी शिक्षिका सुर्जकला बुढा ले बताउनुभयो। उहाँले भन्नुभयो यस्ता बिधार्थी हरु लाइ उपलब्धि मुलक शैक्षिक भ्रमण को आयोजनामा आगामी दिनहरुमा पनि गरिने प्रयास हामि बाट सधैं हुनेछ।

विध्यार्थी हरू लाइ सधैं किताबी ज्ञान दिएर मात्रै  उनिहरुको शैक्षिक वृद्धि तथा विकास गर्न सम्भव हुँदैन।  बिधार्थी हरु लाइ दैलेख जिल्लाको एतिहासिक कुरा गर्दा उनिहरू लाइ  दैलेख जिल्ला मा पाँच थान पंचकोशी अंतर्गत पादुका, धुलेश्वर, कोटिला ,श्रीस्थान, नाभिस्थान, पर्छन् भन्नु र सम्भव भएसम्म तिनै पाँच थान पंचकोशी प्रत्यक्ष स्थल गत अवलोकन भ्रमण गराएर हेर्ने हो भन्ने नतिजा दुई गुणा बढि आउँछ। यस कारण बिध्यार्थी हरु को लागि यस्ता शैक्षिक भ्रमण अति आवश्यक छन।  हामि आगामी दिनहरुमा पनि यस्ता विध्यार्थी हरू लाई शैक्षिक रूपमा टेवा पुर्याउने खालका शैक्षिक भ्रमण हरूको आयोजना गर्नेछौँ भन्ने कुरा शैक्षिक भ्रमण सहभागी एक  शैक्षिक भुवन कुमार शाही ले बताउनुभयो।

हाम्रो शैक्षिक भ्रमण अति फलदाइ,उपलब्धिमुलक र उदेश्यमुलक रहेकोे छ किनकि बिद्यार्थीहरु सधै कक्षाकोठाबाट मात्र सिक्नेमा अलि निष्क्रिय हुने र बिधालय भन्दा बाहिरको बाताबरणमा रमाउन धेरै खुसी र आफै देखेर ,अवलोकन ,निरीक्षण गरेर सिकेको कुरा लामो समयसम्म रहेनुका साथै आफै खोज ,चिन्चन,मनन गर्ने सिपको बिकास हुने भयकाले हाम्रो बिधालयको शैक्षिक भ्रमणमा सोचेभन्दा पनि बढी उपलब्धिमुलक भएको भ्रमणमा सहभागी जयदेव मा वि का सामाजिक शिक्षक तिलक शाही ले बताउनुभयो।

हाम्रो विधालयले विधालय कार्य योजना एकदिने  शैक्षिक भ्रमण राखेकोमा सर्व प्रथम त विधालय शिक्षक कर्मचारी र व्यवस्थापन समिति लाइ हृदय देखी नै धन्यवाद टक्र्याउन चाहन्छु। हामि लाइ यो पवित्र तीर्थस्थल प्रत्यक्ष अवलोकन गराइ दैलेख जिल्ला को एतिहासिक पृष्ठभुमि बुझ्न सक्ने क्षमतावान बनाइदिनु भयो।  म आशा राख्दछु  आगामी दिनहरुमा पनि यस्ता शैक्षिक भ्रमण हरूको आयोजना होस् र हामिलाई यस्तै अन्य थुप्रै शैक्षिक  उपलब्धि गर्ने अवसर मिल्नेछ। शैक्षिक भ्रमण सहभागी एक बिधार्थी गोपाल कु जि सि ले बताउनुभयो।

उक्त  भ्रमण जयदेव मा वि का प्रध्यानाध्यापक को संयोजकत्वमा कक्षा 6 देखि 12 सम्म का 84 जना बिद्यार्थी र 11 जना शिक्षक कर्मचारी   गरि जम्मा 95 जना हरु 2 वटा SML बस र एउटा जिप मा भ्रमण गयर साझ सुरक्षित विधालय   पुगेको र सबै जना साझ नै आ-आफ्नो घरमा पुगी सकेको विधालय का विधालय व्यवस्थापन समितिका अध्यक्ष रण वहादुर खड्का ले बताउनुभयो