पोखरामा स्रोत नखुलेको सुनचाँदी बरामद, एक जना नियन्त्रणमा

काठमाडौं । पोखरामा स्रोत नखुलेको ठूलो परिणाममा सुन तथा चाँदी बरामद गरिएको छ । पोखराको भैरवटोलबाट सुनचाँदीसहित एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन कुमार थापाले ती व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । ‘हामीले ठूलो परिणाममा सुनचाँदी बरामद गरेका छौँ । साथै एक व्यक्तिलाई समेत पक्राउ गरेका छौँ ।’ उनले भने ।

पक्राउ पर्ने व्यक्ति पोखरामा सुनचाँदीको व्यवसाय गर्ने व्यक्ति रहेको स्रोतले जनाएको छ । सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।