
प्रकाश भुषाल, ५ फागुन, कावासोती : कावासोती नगरपालिका ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको तेहौं वसन्त पार गरी चौधौं बर्षमा प्रवेश गर्दैगर्दा तेर्हौ बाषिकोत्सव तथा लर्निङ्ग एक्सपो शुरु भएको जनाएको छ ।
उक्त कार्यक्रम अन्तर्गत आज शनिबार कक्षा चारदेखि कक्षा १० सम्मका अभिभावकहरुको अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । कार्यक्रम तिन दिनसम्म चल्नेछ । आइतबारको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका अभिभावकलाई असल अभिभावकत्व सम्बन्धि प्रशिक्षण दिइनेछ ।
कार्यक्रमको प्रशिक्षण वरिष्ठ मनोपरामर्शविज्ञ, उत्प्रेरणाबिद् इश्वर श्रेष्ठले दिइरहनुभएको छ । सोमबारको कार्यक्रममा विद्यार्थी र शिक्षकबाट वर्षैभरि गरिएका र गराइएका गतिविधिहरु साइन्स, म्याथ, कल्चर, ल्याङ्वेज तथा फुड एक्सपो र विविध सांस्कृतिक कार्यक्रम रहनेछन् ।
उक्त कार्यक्रम अवलोकनको लागि अभिभावकको अलावा छिमेकी विद्यालयहरु र छिमेकी जिल्लाका विद्यालयहरुलाई समेत आमन्त्रण गरिएको छ । तीन दिने कार्यक्रम सोमबार सम्पन्न हुनेछ ।
आफूलाई प्रोग्रेसिभ लर्निङ्ग मोडेलमा लग्ने योजना अनुरुप विविध कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाउने विद्यालयले बताएको छ ।
सिकाइलाई वैज्ञानिक र दिगो गराउन विद्यालयले लर्निङ्ग बाई डोइङ को रणनिति लागु गरेर विद्यार्थीलाई आँफै काम गर्न लगाई अनुभव गराइ सिक्ने र त्यसको शिक्षकबाट अभिलेखन गराइ मूल्यांकनमा मापन गरिने विधि अवलम्बन गरेको छ ।
विद्यालयले हरेक शुक्रबारलाई बुकलेस फ्राइडे बनाइ किताब बाहिरपनि पाठ्यक्रमले तोकेका उद्धेश्यहरु समेटेर सिक्न सकिन्छ तर पद्धति र प्रक्रिया अनिवार्य हुन्छ भन्ने कुरामा जोड दिएको विद्यालयका प्रिन्सिपल जगत प्रसाद भट्टराइले एन सञ्चारलाई बताउनुभयो ।