गण्डकी आवासीय माध्यमिक विद्यालयको तेर्हौ बाषिकोत्सव तथा लर्निङ्ग एक्सपो सम्पन्न
एन सन्चार,कावासोती: कावासोती नगरपालिका ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयको बार्षिकोत्सव तथा लर्निङ्ग एक्सपो सोमबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमूख आतिथ्यता नगर प्रमूख विष्णु प्रसाद भुसालले गर्नुभएको थियो भने शिक्षा अधिकृत राजन पाण्डेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सांस्कृतिक, भाषिक, विज्ञान प्रविधी, गणित, खाना आदिको स्टलहरुमा विद्यार्थीहरुबाट तयार पारिएका परिकार तथा शिक्षण सामाग्रीहरुको प्रदर्शन गरिएको थियो । तीन दिनदेखि चलिरहेको कार्यक्रम आज प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमसंगै सम्पन्न भएको हो । विद्यार्थीले निमार्ण गरेका सामाग्रीमध्ये पेपर वर्क र आर्टहरु कक्षाकोठामै प्रदर्शन गरिएको थियो भने थ्रिडी मोडेल तथा विज्ञान प्रविधिका प्रयोगात्मक कार्यहरु विद्यालयको चौरमा प्रदर्शन गरिएको हो । स्थानीय प्रविधीमा आधारित उपकरणहरु, अहिले लोप हुन लागेको पहाडीया घुमाउरे घर, अनि परम्परागत घरेलु सामाग्रीहरुको संकलन र प्रदर्शनी आँफैमा कार्यक्रमको आकर्षणको केन्द्र बनेको थियो । प्रदर्शनी करिब हजार जनाले अवलोकन गरेको आँकलन गरिएको थियो ।आगन्तुक सबैलाई कुपन दिई आँफूलाई उत्कृष्ट लागेको स्टल तथा उत्कृष्ट कक्षाकोठालाई छानेर भोट गर्न पाइने अवसर समेत प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमूख अतिथी भुसालले २०६७ सालमा सानो टहराबाट शिक्षायात्रा तय गरेको गण्डकीले स्थापनाको छोटो अवधिभित्रै आँफूलाई भौतिक पूर्वाधारमा सम्पन्न बनाई शिक्षण सिकाईका गतिविधीहरुमा पनि नितान्त फरक अभ्यास गर्दै नगरपालिकामा एउटा नेतृत्वदायी भूमिका खेलेकोमा विद्यालय परिवारलाई बधाई दिंदै आगामी दिनहरुमा यस्तै रचनात्मक कार्यहरु गर्न शुभकामनापनि ज्ञापन गर्नुभयो । हरेक पटक नौलो र उत्कृष्ट कार्य गर्न नहिच्किचाइकन निरन्तर लाग्नुपर्ने र त्यसलाई निरन्तरता दिइरहन सके सफलता आँफै पछि लाग्नेकुरा वहाँले बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी
अक्सर वर्षायाममा छालामा अनेक संक्रमण हुनसक्छ । त्यसमध्ये
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै