लघुवित्त पीडित र मिटरव्याज पीडित काठमाडौंमा, प्रदर्शनले सडक अस्तव्यस्त
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका कारण शुक्रबार दिनभर राजधानीको जनजीवन अस्तव्यस्त बन्यो । सिफलचौरबाट बालुवाटारतर्फ गएका लघुवित्त पीडित र थानकोटबाट सिंहदरबारतिर आएका मिटरव्याज पीडितको मार्चपासका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो । तर, सरकार भने रमिते बनिरहेको छ ।
कतिपयले आफ्नो घरायसी आवश्यकता पूर्तिका लागित कतिपय समूह तथा कतिपय अवस्थामा लघुवित्त कम्पनीहरुको कर कापमा परेर ऋणको भारी बोक्न बाध्य भएका लघुवित्त पीडितहरु यही फागुन ९ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनमा छन् । आर्थिक उन्नती होला कि भन्ने आसमा लिएको लघुवित्तको ऋणले उल्टै घरवास नै उठिवास लगाएको व्यथा राज्यलाई सुनाउन विभिन्न जिल्लाबाट आएर काठमाडौंको सिफलचौरमा मुकाम बनाएर बसेका लघुवित्त पीडितहरुको शुक्रबार भने प्रहरीसँग झडप भयो ।
अधिकाशं महिला र वृद्धवृद्धा, दैनिक प्रदर्शन र कैयौं दिनदेखिको यात्राको शिलशिलाले थकित बनेका पीडितहरुलाई ज्यानको माया भन्दा न्यायको लडाई महत्वपूर्ण रहेको पाइयो । यद्यपी प्रहरीले पनि निकै संयमता अपनाएको थियो । निषेधित क्षेत्रमा प्रवेश गर्नबाट रोक्ने क्रममा भएको लाठीचार्ज र अश्रुग्यास प्रहारबाट घाइते भएकाहरुलाई प्रहरीले नै उद्धार गरेको थियो । बालुवाटारमा लघुवित्त पीडितहरु सडकमा प्रहरीसंग भिड्दै गर्दा राजधानी केन्द्रीत आन्दोलनकै लागि आएका मिटरब्याज पीडितहरुको अवस्था पनि उत्तिकै दर्दनाक देखियो ।
२४ दिनको यात्रापछि थानकोटस्थित त्रिभुवनपार्क आएका बसेका मिटरब्याज पीडितहरु शुक्रबार बिहानै सिंहदरबार घेर्ने भन्दै मार्चपास गर्दै अघि बढेका थिए । त्रिभुवनपार्कबाट सिंहदरबार घेर्न भन्दै अघि बढेका मिटरव्याज पीडितहरुमा पनि अधिकांश महिला नै रहेका छन् जो काखे बालबालिका च्यापेर आन्दोलनका लागि आएका छन् ।
गाउँ गाउँका साहु महाजनबाट शासित र शोषित बनेका पीडितहरु सिंहदरबारका झन् ठूला साहु महाजन समक्ष पुग्न पाउने त संभावना नै थिएन । भृकुटीमण्डप पुग्दा नपुग्दै रोकिएपछि उनीहरु त्यहीं सडकमै सुतेर प्रदर्शन गरेका थिए ।
लघुवित्त पीडित हुन वा मिटरव्याज पीडितहरु यिनीहरुका समस्या लगभग उस्तै प्रकृतिका छन् । राज्यलाई समस्या थाहा नभएको पनि होइन । बरु सिंहदरबारले बारम्बार फोस्रो आश्वासन दिएका कारण समस्या झन बल्झिंदै गएको हो । तर, संघर्षको यो शिलशिला कहिलेसम्म ? यिनै भुईमान्छेहरुको भोटले सिंहदरबारको सुख भोग्न पुगेकाहरुले अब जवाफ दिनुपर्छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय