पूर्वपश्चिम लोकमार्गमा किसानहरुद्धारा दुध पोखेर एकघण्टा चक्काजाम, अर्थमन्त्रीलाई ज्ञापनपत्र
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे मागराखि आन्दोलित भएका दुग्ध उत्पादक किसानहरुले बिहिबार १ घण्टा भन्दा बढि समय पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । नवलपरासि वर्दघाट सुस्ता पूर्व (नवलपुर)का किसानहरुले कावासोती नगरपालिका स्थित फलफुल चोकमा दुध पोखेर १ घण्टा चक्काजाम गरेका हुन् ।
किसानहरुले विविध समस्याका वावजुत उत्पादन गरेको दुधको भुक्तानि नपाएको र कृषकका समस्याप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै आन्दोलित किसानहरुले कृषिमन्त्रिको राजिनामा समेत माग गरेका छन् । निकम्मा कृषिमन्त्री राजीनामा दे, किसानमारा सरकार मुर्दावाद, मिल्क होलि डे बन्द गर, दुधको आयात बन्द गर, जस्ता प्लेकार्ड बोेकेका किसानहरुले सडकमा नारावाजी सहित चक्काजाम गर्दा सयौं सवारिसाधन र हजारौँ यात्रिहरु बाटोमै रोकिएका थिए ।
नवलपुर जिल्लामा मात्रै करिब १२ देखि १५ हजारको हाराहारिमा पशु पालन नै गरि दुध उत्पादन गर्ने किसानहरु रहेको र दैनिक ५० हजार लिटरको हाराहारिमा दुध उत्पादन हुने गरेको दुध उत्पादक सहकारी संघ नवलपरासि वर्दघाट सुस्ता पूर्वका अध्यक्ष गोपाल श्रेष्ठले एनसञ्चार अनलाईनलाई बताए ।
श्रेष्ठले आँफुहरुको मागलाई सरकारले वेवास्ता गरेमा आन्दोलनले अझ वृहत रुप लिँदै जाने बताएका छन् । उनले देशैभरका कृषक एकढिक्का भैसकेको भन्दै माग सम्बोधन नहुँदासम्म आन्दोलन कुनैपनि बहानामा नरोकिने दाबि समेत गरे ।
यसैबिच
आन्दोलनरत पश्चिम् नवलपरासीका दुग्ध उत्पादक कृषकहरुको समस्या र मागका बिषयमा बर्दघाट नगरपालिकाले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । पश्चिम् नवलपरासी पुगेका अर्थमन्त्री डा.महतलाई बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दुग्ध उत्पादक कृषकका माग र समस्याका बिषयमा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री महतले सरकार मातहत रहेका संस्थानहरुलाई ऋृण लगानी गरेर किसानको भुक्तानीका लागि प्रक्रिया अघि बढाईने बताएका थिए । उनले निजी डेरी तथा खरिदकर्ताहरुबाट समेत बजारीकरण र भुक्तानीको वातावरण तयार गर्नका लागि सराकार लागि परेको दावी गरे । दुध उत्पादक किसानहरुले सरकार समक्ष प्रस्तुत गरेका मागहरु निम्नानुसार रहेका छन् :-
१. दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गरियोस् ।
२. नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था मिलाइयोस् ।
३. भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गरियोस् ।
४.दूधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गरियोस् ।
५. बिक्री नभएको दूधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट रोकियोस् ।
६. नेपाललाई खोरेत रोग मुक्त घोषणा गरी दूध तथा दुधजन्य उत्पादनहरू अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने गरी बजारको खोजी गरियोस् ।
७. नेपाल प्रहरी तथा नेपाली सेनालगायतका निकायहरूले नेपाली दूधको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरियोस् र त्यहाँ नेपाली किसानबाट उत्पादित दूध र दुग्धजन्य पदार्थ खरिद गरियोस् ।
८. बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान दिने दूधलाई विद्यालयमा सञ्चालन कार्यक्रममा समावेश गरियोस् । यस कार्यक्रमलाई सफल पार्न नेपाली कृषकबाट उत्पादित दुध खरिद गरियोस् ।
९. लम्पी स्किन रोगबाट पश्मा क्षति पुगेका किसानलाई तोकिए बमोजिमको राहत सहज र सरल विधिबाट उपलब्ध गराईयोस् साथै पीडित किसानलाई राहत र पुर्नस्थापना गर्ने गरी विशेष प्याकेज कार्यक्रम ल्याईयोस् ।
१०. बीमित किसानहरूको बीमा रकम भुक्तानी गर्ने व्यवस्था गरियोस्। भुक्तानी नगर्ने बीमा कम्पनीलाई कारबाही गरियोस् ।
११. सरकारले भुक्तानी गर्नुपर्ने अनुदान बीमाको रकम यथाशीघ्र उपलब्ध गराई बीमित किसानको बीमा रकम भुक्तानी गरियोस् र अनुदान बीमा सुचारु गरियोस् ।
१२. निम्न आय भएका नागरिकलाई आधार कार्ड प्रदान गरी निःशुल्क तथा न्यून मूल्यमा दूध तथा दुग्धजन्य पदार्थ वितरण गरियोस् ।
१३. लागत मूल्य घटाउने कार्यक्रम अन्तर्गत दूधमा कम्तिमा रु.५ (पांच) सबै प्रदेशमा किसानलाई अनुदान दिइयोस् साथै पशु आहार, औषधी लगायतका पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य वृद्धि अविलम्ब नियन्त्रण गरियोस् ।
१४. निर्यात गरिने दुग्धजन्य पदार्थमा अनुदान व्यवस्था गरियोस ।
१५. अन्तर्राष्ट्रिय व्यापार प्रवर्दनका लागि स्थिो की पावक तथा अन्य देशहरूसँग कुटनीतिक पहले गही दुग्ध तथा दुग्धजन्य पदार्थ निर्यात गर्ने व्यवस्था मिलाइयोस ।
१६ कानुनद्वारा समग्र कृषि उत्पादनहरूको समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था गरियोस् ।
: यि मागहरुलाई सरकारले जतिसक्दो छिटो सम्बोधन नगरे, माग सम्बोधन नहुँदा सम्म यहि फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले एनसञ्चार अनलाईनलाई बताए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार
२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला
२१ कात्तिक, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान
सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट
काठमाडौं : बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय