प्रतिनिधि सभाको बैठक १० दिन स्थगित, सभामुखसहित ६ सांसद जेनेभा जाँदै

७ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि सभाको बैठक १० दिनका लागि स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका अनुसार अब अर्को बैठक १८ चैतमा बस्ने छ । १४ फागुनमा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि बुधबार नै अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका छन् ।

सभामुख घिमिरेका अनुसार सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख देवराज घिमिरेसहितको टोली बिहीबार अन्तरव्यवस्थापिका संघ (आईपीयू)काे कार्यक्रमका लागि जेनेभा प्रस्थान गर्दैछन् । टोलीमा सभामुखसहित ६ सांसद र ३ कर्मचारी सहभागी हुनेछन् ।

सचिवालयका महासचिव लगायतका कर्मचारीसमेत जेनेभा जाने भएकाले बैठक १८ गतेसम्मलाई स्थगित गरिएको हो । टोली १६ गते फर्किने छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 19 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    • २०८१ पुष २५, बिहीबार २०:५७
    • 18 views
    काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रवि रिहा

    काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुने गरी रिहा गरिएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *