उत्पादन र राेजगार लक्षित बजेट खाका तयार गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन् । एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ । अर्को दृष्टिकोण छ– चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ भन्नेमा दृढ छु ।’

बैठकमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, ‘सङ्कटको बेला नै राज्य चाहिन्छ । राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटमा नयाँपन दिनुपर्छ ।’

सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देख्ने खालको बजेट आवश्यक भएको प्रधानमन्त्री प्रचण्डले बताए । यसका लागि सम्पूर्ण गृहकार्य गर्न र राजस्व बढाउने नयाँ कार्ययोजना सहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए ।

आयोजनाहरूको प्राथमिकीकरणको काम व्यवस्थित गर्न पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् । ‘जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘काम नभएका योजनालाई हटाउँदा पनि फरक पर्दैन । त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गरौं ।’

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 16 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 24 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *