प्यालेस्टाइनसँगको संघर्ष : युद्धविरामको लागि तयार भयो इजरायल

७ जेठ, काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले गाजा क्षेत्रमा युद्धविरामको लागि मञ्जुरी दिएको छ । इजरायलले आधिकारिक बयान जारी गर्दै भनेको छ ‘इजिप्टले युद्धबिरामको प्रस्ताव राखेको थियो, यो आपसी सहमति र ‘विना शर्त’ लागू हुने छ ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार हमासको तर्फबाट पनि जारी गरिएको आधिकारिक बयानमा युद्ध बिरामको जानकारी दिइएको छ । उक्त बयानमा भनिएको छ कि स्थानीय समाचार अनुसार बिहान २ बजे नेपाली समय अनुसार पौने ५ बजेदेखि इजरायलको साथ आपसी सहमतिबाट युद्धबिराम गर्न लागिएको हो ।
गाजामा बीबीसीका संवाददाता रुश्दी अबुलफका अनुसार इजरायली सरकार सुरक्षा मामिलासम्बन्धी क्याबिनेटको बैठक पछि युद्धविरामको लागि तयार भएको हो ।
रुश्दीले युद्धविराम सम्बन्धी वार्ता सम्बन्धी स्रोतलाई उद्धृत गर्दै भनेका छन् ‘इजरायली पक्षले यस सम्बन्धमा इजिप्टलाई समेत जानकारी दिइसकेको छ ।’ यस विषयमा इजिप्टले पनि सक्रिय भूमिका खेल्दै आएको छ ।
बीबीसीबाट

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको

२६ भदौ, काठमाडौं । नेपालको राजनीतिमा एउटा संकथन

भदौ १३, काठमाण्डौ : अमेरिकी सहयोग परियोजना मिलिनियम

१६ असोज, काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

एक दशकको हिंसात्मक आन्दोलन अन्त्य, दशक लगाएर संविधान

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा