गण्डकी आवासीय मा.वि. मा युवा तथा जुनियर रेडक्रस सर्कल पुनर्गठन सम्पन्न
जेठ ४, कावासोती । कावासोती ८ स्थित गण्डकी आवासीय माध्यमिक विद्यालयमा युवा तथा जुनियर रेडक्रस समिति गठनले पूर्णता पाएको छ ।
जिल्ला रेडक्रस समिति नवलपुरका कोषाध्यक्ष वेदप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, गण्डकी आ.मा.वि.का प्रधानाध्यापक जगत प्रसाद भट्टराईको संरक्षकत्व तथा शिक्षक शंकर भट्टराईको शिक्षक नायकत्वमा एघार सदस्यीय समिति आज एक कार्यक्रमकाबिच पुनर्गठन भएको छ ।
समितिमा केशव पौडेल सभापति, सोनिया काफ्ले उपसभापति, सचिवमा आयुष सुवेदी, कोषाध्यक्षमा किञ्जल सापकोटा, उपसचिवमा कृपा अधिकारी, उपकोषाध्यक्षमा नेन्सी गुरुङ तथा सदस्यहरुमा आदित्य पराजूली, सुजेन राना, प्रिन्सिका जि.सी., बिपुल पोख्रेल र रोजिना भट्टराई चयन भएका छन् ।
सो अवसरमा प्रमुख अतिथि वेदप्रसाद न्यौपानेले रेडक्रसको सिद्धान्तको बारेमा बोल्दै नवगठित समितिलाई शुभकामना दिनुभएको थियो । नवगठित समितिको सपथ ग्रहणको कार्यक्रम संरक्षक जगत प्रसाद भट्टराईले गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथिलाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी