नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय आज सकिँदै

काठमाडौं :  वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिँदैछ। 

सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीको आग्रहका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। 

यसअन्तर्गत प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।  गत बैशाख ३१ गते संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो। तर वैशाख २७ गते विश्वासको मत लिन नसकेका ओली संसदको अंक गणितमा कुनै फेरबदल नआएपछि अर्को सरकार गठन थाल्न मार्ग प्रशस्त गरेका हुन्। तर राजीनामा नै नदिइ संविधान विपरित नयाँ सरकार गठनको आह्वान भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। 

आह्वान बमोजिम सरकार गठन हुन नसकेमा सरकारको सिफारिसमा राष्ट्रपतिले  संसद विघटन गरी मुलुकमा मध्यावधि निर्वाचनको मिति तोक्नुपर्ने हुन्छ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 16 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *