मनसुनी प्रणाली देशभर फैलियो
काठमाण्डाै – मनसुनी प्रणाली देशभरि फैलिएको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते देशको पूर्वी भू–भागबाट नेपाल प्रवेश गरेको मनसुनी प्रणाली देशभर फैलिएको मौसम पूर्वानमान महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी गराएको हो ।
नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो प्रवेश गरेको भए पनि देशभर फैलन १५ दिन लागेको छ । मनसुन भित्रिएको एक हप्ताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो । असार ६ गते कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका धेरैजसो भू–भागमा र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा सक्रिय भएको मनसुन अब कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा पनि पुगेको हो ।
नेपालमा मनसुनी वायु पूर्वी क्षेत्र हुँदै प्रवेश गरी पश्चिमी क्षेत्रतिर फैलिन्छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । यस वर्ष खासगरी जुलाई र अगस्टमा बढी पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले