कावासोती । नारायणगढ-मुग्लिन सडक खण्डको जलविरेमा माइक्रो (हाइस) दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

नवलपुरको कावासोतीबाट-काठमाडौं जाँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो (हाइस) आज बिहान ४ बजेतिर सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका (प्रवक्ता) सूचना अधिकारी भेषराज रिजालले बताउनुभयो ।  गुडिरहेको माइक्रो (हाइस) एक्कासी पञ्चर भएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।

माईक्रोमा सवार १७ जना मध्ये ३ जना ब्यक्तिहरु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ।

माईक्रो चालक चितवन माडि नगरपालिका १ बस्ने बर्ष ३३ को नन्दलाल महतो लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते हुनेहरूमा कावासोती ५ बस्ने बर्ष ६० की सन्तुमाया कुमाल, माईक्रो सहचालक कावासोती ५ बस्ने ३६ को धनश्याम न्यौपाने  र माईक्रोमा सवार उदयपुर गाईघाट न.पा. १५ बस्ने १९ वर्षको जेनिस बस्नेत घाईते भएका छन्।  माइक्रो सहचालक न्यौपाने गम्भीर घाइते भएको प्रहरीले बताएको छ।