टिकटकमाथिको प्रतिबन्ध हट्याे ।

काठमाडौं । सरकारले सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिना अघि सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतले बताएको छ ।

आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने छ ।

गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।टिकटको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमा समेत व्याख्या गरिरहेका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १६:१०
    • 107 views
    इन्टरनेट प्रयोग गर्नुहुन्छ ? यी ५ काम अवश्य गर्नुहोस्

    स्टाटिस्टाको पछिल्लो रिपोर्ट अनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५ अर्ब २२ करोड रहेको छ। जस अनुसार विश्वमा हरेक १०० सय जनामा करिब ६८ जनाले इन्टरनेट चलाउँछन् । यी मध्ये ५…

    विस्तृत.....

    • २०८१ कार्तिक २४, शनिबार १६:०६
    • 89 views
    गुगलमा सेभ भएका फोन नम्बर कसरी सच्याउने, कसरी हटाउने ?

    आफ्नो सम्पर्कमा रहेका सयौं व्यक्तिहरुको फोन नम्बर, इमेल लगायतका विवरणहरु राम्रोसँग व्यवस्थित तरिकाले राख्ने काम वास्तवमै एउटा कला हो । यसले हाम्रो कामलाई सहज बनाउनुका साथै खोजेको बेला सम्बन्धित व्यक्तिको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *