महिलालाई प्रधानमन्त्री बनाउन चाहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ

८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताए ।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, उनले भने ।

आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको बताए ।

‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो’, उनले भने ।

नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती हुन् ।

ओलीले पहिलो रक्षामन्त्री पनि आफ्नो दलबाटै बनेको भन्दै अहिले पहिलो महिला मुख्यसचिव पनि आफूले नै बनाएको बताए । ‘अहिले भर्खरै म आउनेबित्तिकै मौका पाएँ एउटा महिलालाई मुख्य सचिव बनाइहालेँ’, प्रधानमन्त्री ओलीले भने ।

अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा महिला अनिवार्य गरेको पनि उनले बताए ।

आफूले महिलाको लागि थुप्रै काम गरेको भन्दै उनले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा पनि आफ्नो प्रमुख भूमिका रहेको दाबी गरे ।

महिलाको मनोबल उठाउन, आत्मविश्वास जगाउन र उनीहरुलाई आर्थिक हिसाबमा सबल बनाउन आफूले नै स्टार्ट अपमा ४ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ दिने व्यवस्था गरेको प्रधानमन्त्री ओलीले बताए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार २१:४८
    • 82 views
    रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश

    कावासाेती । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *