कहिल्यै लसुन भुटेर खानुभएको छ? भुटेको लसुन खादा यस्तो फाइदै फाईदा ।

काठमाडौं। हामीले खाने हरेक खानामा बिभिन्न खाले भिटामिन मिनरल तथा प्रोटिन र कार्बोहाइड्रेट जस्ता तत्व पाइने गरिन्छ । यस्तै हरेक नेपालीको भान्सामा पाइने लसुनको पनि फाइदा धेरै छन् । लसुनको प्रयोगले खाना मिठो मात्र हुँदैन कि यसले धेरै फाइदा पनि गर्दछ ।बिशेष गरि काँचो लसुन भन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् । पुरुषहरुको लागि भुटेको लसुन निकै नै निकै फाइदाकर हुने गर्दछ ।

१. पेटको रोग बाट टाढा :
सुक्खा रुपमा तावामा भुटेको लसुनले पेटसम्बन्धि रोगहरुबाट टाढा राख्ने काम गर्दछ । हरेकदिन भुटेको लसुन खानाले छातीमा हुने जलनका साथै पेटमा हुने रोगहरुबाट टाढा राख्ने काम गर्छ ।

२.  हर्मोन ब्यालेन्स :
लसुनको नियमित प्रयोगले यसमा भएको ऐलीसिनले पुरुषको सेक्स हर्मोनलाई सन्तुलित राख्न मदत्त गर्दछ ।

३ . अधिक स्टामिना :
भुटेको लसुन स्वास्थ्यको लागि राम्रो मानिएको छ । यसमा लिसिन भन्ने तत्व हुन्छ जसले शरीरको रक्त चाँपलाई सहि राख्ने गर्दछ ।

४. दातको दुखाई कम :
यदि दातमा दुखाई छ भने लसुनको प्रयोगले दातमा दुखाई कम गर्दछ । भुटेको लसुनलाई पिसेर दातमा राख्नाले आराम मिल्छ र दुखाई कम हुन्छ । लसुनमा एन्टी बैक्टीरियल तत्व हुने गर्छ जसले दातमा भएको दुखाईलाई सिधा असर पार्ने गर्दछ ।

५. रोग प्रतिरोधक क्षमता :
भुटेको लसुनले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्दछ । यसमा एन्टि बैक्टीरियल तत्व हुने गर्छ जसले चिसोबाट मात्र नभईकन थकानलाई पनि भगाउने काम गर्दछ ।

६. चिसोबाट बचाउँछ :
तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।

७. रक्त चाँप नियन्त्रण :
विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।