बुटवल नारायणगढ सडक बिस्तारमा ठेक्केदार पक्षले सहमति कार्यान्वयन नगरे सरकारले विकल्प खोज्छ, मन्त्री दाहाल
कावासाेती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक बिस्तारका लागि ठेक्केदार पक्षसंग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने भौतिक पूर्वाधार तथा योजना मन्त्री देवेन्द्र दाहालले बताएका छन ।
बुटवल नारायणगढ सडकको स्थलगत अनुगमनको क्रममा मध्यविन्दु नगरपालिका आईपुगेका मन्त्री दाहालले ठेक्केदारले कुनैपनि बाहानामा पछिल्लो सहमति कार्यान्वयनमा आनकानि गरे सरकारले उपयुक्त विकल्प खोज्ने बताएका हुन । “देशको मुख्य राजमार्गको राजमार्गको हालत यस्तो छ । सबैको ध्यान यहीं सडक कहिल्य सकिन्छ भन्ने तर्फ छ ।” मन्त्री दाहालले भने –“अब पनि ठेक्केदार कम्पनीले काममा आलटाल गर्छ भने सरकारले विकल्प खोज्छ । एउटा ठेक्केदारको कारण देशको महत्वपूर्ण सडकको यस्तो अवस्थामा हुनु कुनैपनि अर्थमा स्वीकार्य हुदैन ।”
विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ सडक बिस्तारको योजना, शिलान्यासको काम भएको स्मरण गर्दै उन्ले अब ओली नेतृत्वको सरकारले नै सडक बिस्तारको काम सम्पन्न गर्ने बताए ।
सडक बिस्तारको क्रममा मध्यविन्दु नगरपालिका आईपुगेका मन्त्री दाहाललाई नगर प्रमुख भिमलाल अधिकारीले स्वागतसंगै सडकको कारण यात्रु तथा स्थानीय बासिन्दाले भोग्नु परेको समस्याको बारेमा आवगत गराएका थिए । सडक बिस्तारमा स्थानीय सरकार हरेक हिसावले सहयोग गर्न तयार रहेको भन्दै उन्ले स्थानीय सरकारहरु निशुल्क उपलब्ध गराएको कारणले नै अहिले सडक सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताए ।
मन्त्री दाहालसंगै सडक अनुगमनमा आएका मन्त्रालयका सचिव केशव कुमार शर्माले ठेक्केदार पक्षले कामको समय मिलाउन नसक्दा पनि अहिलेको अवस्था आएको बताए ।
स्थलगत अनुगमनको क्रममा पिच गर्न तयार अवस्थामा रहेर पनि १५ किलोमिटर भन्दा बढी सडक बार लगाएर राखेको देखिएको भन्दै उन्ले ठेक्केदार पक्षले कार्य समय मिलाउन नसक्दा पनि कतिपय समस्याहरु रहेको अनुभूती रहेको बताए । मन्त्री दाहाल नेतृत्वको टोलिले बुटवलबाट सडकको स्थलगत अनुगमन गरेको हो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको