रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले गर्‍यो डिलिट

  • समाचार
  • २०८१ भाद्र १८, मंगलवार १८:१५

कावासोती । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेको स्टाटस फेसबुकले डिलिट गरेको छ । बालेनले दुई दिनअघि एउटा स्टाटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप छ ।

उक्त स्टाटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् । एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।

सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआमा नभेटेको, उनीमाथि कुटपिट गरिएको, अत्यधिक श्रम गराइएको अवस्थामा महानगरले उद्दार गरेको उनको भनाइ छ । उच्च अदालतको अन्तिम फैसलाले शर्मामाथि अनुसन्धान गर्ने बाटो खोलेको बालेनले बताएका छन् ।

बालेनले लेखेका छन्, ‘प्रधानमन्त्री खडक प्रसाद ओली ज्यु तपाईं आफ्नो कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’ मेयर साहका यी दुवै स्टाटस तत्कालै भाइरल भएका थिए । हजारौँले लाइक कमेन्ट र सेयर गरेका छन् । तर, अघिल्लो स्टाटस भने एकाएक उनको टाइमलाइनबाट गायब भएको छ । प्रदेश सांसद शर्माको तस्बिर सहित राखेको स्टाटस किन र कसरी डिलिट भयो त ?

बालेन निकट स्रोतका अनुसार यो स्टाटसलाई फेसबुकले नै डिलिट गरिदिएको हो । स्रोतले भन्यो, ‘एमालेका कार्यकर्ता र समर्थकले व्यापकरुपमा स्टाटसविरुद्ध रिपोर्ट गरेपछि फेसबुकले डिलिट गरेको हो ।’

बालेनले यही स्टाटस इन्टाग्राममा पनि राखेका थिए । इन्स्टाबाट भने स्टाटस हटेको छैन । फेसबुकमा गरिएका कुनै पनि पोस्ट चित्त नबुझेको भनेर धेरैले रिपोर्ट गरेको खण्डमा फेसबुकले एक्सन लिने गर्छ । यसअघि पनि बालेनका दुई–तीनवटा स्टाटस फेसबुकले डिलिट गरिदिएको थियो । डिलिट हुनुअघि बालेनको उक्त स्टाटसलाई बीसौं हजारले सेयर गरेका थिए । अधिकांशले उनलाई समर्थन गर्दै कमेन्ट गरेका थिए । डिलिट भएको स्टाटस यस्तो थियोः

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *