राष्ट्रिय शिक्षा दिवसको अवसरमा कावासोतीका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थि सम्मानित

Samaan Pces
असोज ३, कावासोती: दोश्रो राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार कावासोति नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थिहरुलाई सम्मान गरिएको छ ।
 
नवलपुरको कावासोति नगरपालिकाद्धारा आयोजित पुरस्कार वितरण एवं सम्मान कार्यक्रममा नगरपालिका भित्र सञ्चालनमा रहेका मध्ये कक्षा ५, कक्षा ८, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक तथा संस्थागत विद्यालयहरु सहित उत्कृष्ट विषय शिक्षक र विद्यार्थिहरुलाई सम्मान गरिएको हो ।
 
गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कावासोति नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालले अध्यक्षता गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख फुलकुमारी थनेत, प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल, सामाजिक विकास कार्यालयका कृष्ण पौडेल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सेत बहादुर पुन लगायत विभिन्न वडाध्यक्ष एवं शैक्षिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
 
विभिन्न विधामा पुरस्किृत उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थिलाई नगरपालिकाले नगद सहित प्रसंसा पत्रले सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाहाले नगर विकासको प्रथम मेरुदण्ड नै शिक्षा रहेको भन्दै, जिल्लाको सदरमुकाम समेत रहेको कावासोति नगरपालिकालाई अन्य पालिकाको भन्दा फरक र उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेर देखाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा सन्तोष जनक रहेपनि यसैलाई अन्तिम उपलब्धि ठान्न नहुनेमा सचेत गराउनुभएको थियो ।
 
कार्यक्रममा कावासोती नगरपालिका शिक्षा शाखाले लिएको कक्षा ५ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सिद्धार्थ मा.विका छात्रा समृद्धि काफ्ले र सरस्वती मा.वि का छात्र नसिब चापागाई सहित कक्षा ८ को परिक्षामा ४ जि.पि.ए ल्याउन सफल नोवल एकेडेमी का छात्रा प्रश्रा कंडेल, ज्ञानोदय मा.वि का छात्रा श्रेया रिजाल र शिव मा.वि का छात्रा प्रेरणा रानाभाट, त्यस्तै कक्षा ८ कै परिक्षामा ३.९८ जि.पि.ए ल्याएका नवदुर्गा आ.वि का छात्र आयुष लम्साल र शिव मा.वि का प्रमिश गिरीलाई सम्मान गरिएको थियो ।
 
यसैगरी एसईईमा ३.९१ जि.पि.ए ल्याउने जनता मा.वि कावासोती १६ का छात्रा विजय गिरि, सरस्वती मा.वि का कमल सापकोटा र सन साइन इ. स्कुलका श्रृजन गिरिलाई सम्मान गरिएको छ । त्यस्तै कक्षा १२ मा ३.८१ जि.पि.ए ल्याउने मध्यविन्दु बहुमुखी क्यामपसका छात्रा सृष्टि पाठक र ३.७५ जि.पि.ए शुसान्त ढकाललाई सम्मान गरिएको छ ।
 
उत्कृष्ट सिकाइ उपलब्धी : कक्षा ५ तर्फ:
उत्कृष्ट सिकाइ उपलब्धीको कक्षा ५ तर्फ शिव मा वि का नेपाली विषय शिक्षक शान्ति पौडेल, सिद्धार्थ आवासिय मा. वि.को अंग्रेजी विषय शिक्षक बविता बस्नेत, जनकल्याण मा. वि.का गणित विषय शिक्षक चन्द्र प्रसाद पौडेल, शिव मा. वि.का विज्ञान विषय शिक्षक प्रशंसा कंडेल, सिद्धार्थ आवासिय मा. वि.का सामाजिक शिक्षक नुमाखर पौडेल (अशोक)लाई सम्मान गरीएको थियो ।
 
उत्कृष्ट सिकाइ उपलब्धी : कक्षा ८ तर्फ:
कार्यक्रममा उत्कृष्ट सिकाइ उपलब्धीको कक्षा ८ तर्फ नवलपुर एकेडेमीका नेपाली विषय शिक्षक लोकनाथ पंगेनी, सिद्धार्थ आ.मा. वि. का अंग्रेजी विषय शिक्षक विष्णु थापा, सिद्धार्थ आ. मा. वि. कै गणित शिक्षक केवल प्रसाद महतो, नवलपुर एकेडेमीका विज्ञान शिक्षक विश्वास अधिकारी, सिद्धार्थ आ.मा.वि. कै सामजिक शिक्षक निराजन गौतम र कमला तिवारी गैरे, नवलपुर एकेडेमीका एचपिसी शिक्षक सागर ढकाल र नवदुर्गा आ.वा.का टिकाराम डुम्रे सम्मानीत हुनुभएको छ ।
 
उत्कृष्ट सिकाइ उपलब्धी : एसईई तर्फ:
उत्कृष्ट सिकाइ उपलब्धीको एसईई तर्फ नवलपुर एकेडेमीका अंग्रेजी विषय शिक्षक शिव कोइराला र कृष्ण प्रसाद रिमाल, गणित विषय शिक्षक हरिहर अधिकारी र नारायण गौडेल, शिव मा.वि. का विज्ञान विषय शिक्षक छविलाल अर्याल र श्रीधर ढकाल, शिव मा.वि.कै गणित शिक्षक श्रीधर ढकाल, ज्ञानोदय मा.वि.का सामाजिक शिक्षक भिमबहादुर रिजाल र छविलाल सुवेदी, र नवलपुर एकेडेमीका विष्णु पौडेल सम्मानीत हुनुभएको हो ।
 
कार्यक्रममा एसइई मा ५० भन्दा बढि विद्यार्थी रहेका विद्यालयका कम्तिमा १० जना विद्यार्थीले एप्लस प्राप्त गराउन सफल शिक्षकहरुलाई सम्मान गरीएको हो ।
यस्तै कार्यक्रममा कक्षा ५ मा नगर प्रथम हुन सफल सामुदायिक विद्यालय तर्फ शिव मा. वि. र संस्थागत विद्यालय तर्फ सिद्धार्थ आ.मा.वि.लाई सम्मान गरीएको थिायो । यस्तै नगरमा दोस्रो स्थान हासिल गर्ने सामुदायिक विद्यालय तर्फ ज्ञानोदय मा. वि. र संस्थागत विद्यालय तर्फ नवलपुर एकेडेमी एवं नगरमा तेस्रो स्थान हासील गर्न सफल सामुदायिक तर्फ जनता मा.वि. र संस्थागत तर्फ गण्डकी आ.मा.वि. लाई सम्मान गरीएको थियो ।
 
कक्षा ८ मा नगर प्रथम हुन सफल सामुदायिक तर्फ नवदुर्गा मा.वि.र संस्थागत तर्फ सिद्धार्थ आ.मा.वि., दोस्रो स्थान हासिल गर्ने सामुदायिक तर्फ सरस्वती मा.वि. र संस्थागत तर्फ वाइज भिजन ई स्कुल र ंनगरमा तेस्रो स्थान हासील गर्न सफल सामुदायिक तर्फ ज्ञानोदय मा वि र संस्थागत तर्फ आरम्भ एकेडेमीलाई सम्मान गरीएको थियो ।
 
यस्तै एसईई नगर प्रथम हुन सफल सामुदायिक विद्यालय तर्फ सरस्वती मा.वि. र संस्थापक तर्फ नवलपुर एकेडेमी त्यस्तै दोस्रो हुन सफल सामुदायिक तर्फ शिव मा.वि. र सिद्धार्थ आ.मा.वि. र तेस्रो स्थान हासील गर्न सफल ज्ञानोदय मा.वि.लाई सम्मान गरीएको थियो ।
 
यस्तै कक्षा १२ मा नगर प्रथम मध्यविन्दु बहुमुखी क्याम्पस, दोस्रो स्थान हासील गर्ने शिव मा.वि. र तेस्रो स्थान हासील गर्ने जनता मा.वि. लाई सम्मान गरीएको थियो ।
 
खेलाडी विद्यार्थिहरुपनि सम्मानित:
कार्यक्रममा खेलकुद तर्फ विभिन्न नवलपुर जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी रुपमा परिचित खेलाडीलाई सम्मान गरीएको थियो ।
जसमा जनकल्याण मा.वि का आरती वि.क, लुम्बिीनी आदर्श डिग्री कलेजका भिमबहादुर गाहा र टोपमान पाटा, मध्यविन्दु बहुमुखी क्याम्पसका पुजा पराजुली, त्रिभुवन बाल मा वि का ईशा महता, जनता मा विका प्रकाश महतो र विवेका महतोलाई सम्मान गरीएको थियो ।
 
कार्यक्रमलाई समापन गर्दै कावासोती नगरपालीकाका नगर प्रमुख भुसालले आगामी आर्थिक वर्षमा नगरले दिवा खाजालाई विशेष प्राथमिकता दिँदै सामुदायिक विद्यालयमा विद्यार्थि भर्नादर वृद्धि गर्न नविन कार्यक्रमहरुको थालनि गर्ने बताउनुभएको छ । कार्यक्रमको सहजिकरण नगरपालिकाका स्रोत शिक्षक तिर्थ कंडेलले गर्नुभएको थियो ।