
काठमाडौं । संविधान दिवसका अवसरमा आज बिहीबार काठमाडौंको दरबारमार्गमा हुन गइरहेको ‘नेशनल डे कन्सर्ट’ मा आउन सरकारले मोबाइलमा म्यासेज पठाएर निमन्त्रणा दिएको छ ।
सरकारले ‘असोज ३ गते दिउँसो ४ बजे दरबारमार्ग जाऔं, नागरिक स्तरबाट आयोजित नेशनल डे कन्सर्टमा सहभागी बनौं’ भन्ने म्यासेज मोबाइलमार्फत पठाएर निमन्त्रणा दिएको हो । आज अपराह्न ५ बजेदेखि दरबारमार्गमा कन्सर्ट सुरू हुनेछ । कन्सर्ट सुरु हुनुअघि नै ४ बजेदेखि नै विभिन्न फुड स्टलहरू सञ्चालनमा आउने छन् । प्रधानमन्त्री केपी शर्मा ओली कन्सर्टमा सअभागी हुन बेलुकी साढे ६ बजे दरबारमार्ग जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।