+
+
-- Sponsored Ad --

कावासोतीको कुमारी निजी गुठी सार्वजनिक शैक्षिक गुठीमा परिणत ।

172 पटक हेरिएको
Clock २०८१ आश्विन १५, मंगलवार १७:३३
-- Sponsored --

असाेज १५, ०८१, कावासोती– ४, हसौरामा रहेको निजी कुमारी गुठी सार्वजानिक गुठीमा परिणत भएको छ । निजी शैक्षिक गुठीबाट सञ्चालित विद्यालय र निजी शैक्षिक गुठीलाई कावासोती नगरपालिकाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को खण्ड (२) अनुसार मगंलवार अर्थात आजकै दिनवाट सार्वजनिक गुठीको हैसियतबाट कुमारी सार्वजनिक शैक्षिक गुठी र कुमारी प्राथमिक विद्यालय संचालन गर्नका लागि अनुमति प्रदान गरेको छ ।

कुमारी गुठी संचालनका लागि कुमारी सार्वजनिक शैक्षिक गुठीको विधान २०८० नगरपालिकाबाट स्विकृत भएको छ । जस अनुसार अब नौ सदस्यिय समिति गठन हुनेछ । कुमारी गुठीले अनाथ, असाहय, सिमान्तकृत लगायतका बालबालिकालाई आवासिय रुपमा शिक्षा प्रदान गर्ने, स्वास्थ्यमा सहयोग गर्ने, विगतका दिनमा प्राविधिक शिक्षा प्रदान गर्ने, खानेपानी, विद्यालय निर्माण लगायतका विभिन्न क्षेत्रमा सामाजिक रुपमा काम गर्दै आएको छ ।

उक्त गुठी अन्तरगत संचालित विद्यालय धेरै असायक बालबालिकालाई शिक्षा प्रदान गरिसकेको छ । गुठीले आफ्नो थप क्षेत्र विस्तार गर्दै लैजाने सोच बनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win