
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी चौकि अर्जुनचौपारिले समुदायमा प्रहरी साभेदारी कार्यक्रम अन्तर्गत नजिकिदै गरेको बडा दशै तथा प्रहरि दिवसको अबसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
अर्जुनचौपारिको गाउँपालिका वडा नं. १ बजारमा अवस्थित वडा कार्यलय साथै बजार परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
“हर प्रहर गाउँ र नगरी,टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ अर्जुनचौपारि प्रहरीले समुदायमा विभिन्न काम गर्दै आएको छ ।
उक्त कार्यक्रम अन्तर्गत नै प्रहरी चौकि अर्जुनचौपारिका प्रहरी सहायक निरीक्षक भोगेन्द्र प्रसाद गौडको कमाण्डमा प्रहरी र स्थानीयको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हाे।