चिसो सुरु भइसक्दा पनि घटेन डेंगु संक्रमण, महामारी फैलन नदिन सरकारले हरेक शुक्रबार बिहान सरसफाइ अभियान सञ्चालन गर्ने ।
काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थालेको छ । तर पनि डेंगु संक्रमण हुने दर भने घटेको छैन । विगतमा चिसो बढ्न थालेसँगै डेंगु संक्रमण घट्ने गरेकोमा विगत तीन वर्षयता भने चिसो मौसममा डेंगु संक्रमण दर बढिरहेको देखिएको छ ।
अघिल्ला वर्षको अवस्था हेर्ने हो भने डेंगु सामान्यतया जेठदेखि भदौसम्म तीब्र रूपमा फैलिएर असोज महिना लागेपछि बिस्तारै संक्रमण ओरालो लाग्ने गरेको पाइन्छ । जसकारण चिसो मौसम सुरु हुनु र बिस्तारै मनसुन बाहिरिँदै जाँदा डेंगु संक्रमण बनाउने लामखुट्टेको प्रभाव कम हुँदै जानु हो । तर यो वर्ष भने कात्तिक आधाआधी हुन लाग्दा पनि संक्रमणको जोखिम कम भएको छैन ।
त्यसैले पनि हुनसक्छ, चिसो मौसम सुरु हुन लागिरहेको समयमा सरकारले डेंगुको महामारी फैलन नदिन हरेक शुक्रबार बिहान १० बजे मुलुकभरका सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गर्नु परेको छ । त्यसो त बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले नै हरेक शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको थियो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, डेंगु फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेंगु नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो । यो अभियानको मुल उद्धेश्य थियो, ‘लामखुट्टे खोजी र नष्ट’ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत डेंगु नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेकाले चिसो मौसममा पनि डेंगुले कति दुःख दिइरहेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले शुक्रबार बिहान दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरिएको छ ।
प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न संघीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियन्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् ।
उनले डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिएका छन् । ‘नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु,’ सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी दैनिक डेढ दर्जनसम्म पुग्ने गरेका छन् ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार वर्षापछिको तापक्रम लामखुट्टेका लागि अनुकुल हुने र दसैंको बढ्दो आवतजावतले संक्रमण फैलिन सघाएको छ ।
सरुवा रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘चिसो मौसम सुरु हुन लाग्दा पनि डेंगुको जोखिम घटेको छैन । अघिल्ला वर्षहरूमा असोज महिनाको अन्त्यसम्ममा डेंगुको जोखिम बिस्तारै कम भएर जान्थ्यो । तर दुई तीन वर्षदेखि भने अलि लामै समय जोखिमको समय बढ्दै गएको छ । वर्षा सकिएसँगै लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाँदा पछिल्लो समय डेंगु संक्रमण बढिरहेको चिकित्सकहरुको भनाइ छ ।
सरुवा रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘चिसो मौसम सुरु हुन लाग्दा पनि डेंगुको जोखिम घटेको छैन । अघिल्ला वर्षहरूमा असोज महिनाको अन्त्यसम्ममा डेंगुको जोखिम बिस्तारै कम भएर जान्थ्यो । तर दुई तीन वर्षदेखि भने अलि लामै समय जोखिमको समय बढ्दै गएको छ । वर्षा सकिएसँगै लामखुट्टे हुर्कने वातावरण अनुकूल बन्दै जाँदा पछिल्लो समय डेंगु संक्रमण बढिरहेको चिकित्सकहरुको भनाइ छ ।
ग्राण्डी अस्पतालका डा. सुजन श्रेष्ठ भने मनसुनको समयमा लगत्तै विकास निर्माणको काम सुरु हुने हुनाले पनि डेंगु संक्रमण कम नभएको बताउँछन् । ‘विकास निर्माणका काम अघि बढाउँदा सडकमा खाल्डाखुल्डी बढ्छन् । त्यो खाल्डाखुल्डीमा पानी जम्मा हुन्छ । जुन लामखुट्टेको वृद्धि विकासको लागि सजिलो भयो, जसले गर्दा डेंगुको संक्रमण बढ्न गइरहेको छ ।’
काठमाडौंलगायत ठूला शहरमा पानी थापेर राख्नुपर्ने बाध्यताको कारण पनि लामखुट्टेलाई हुर्कन सहज भइरहेको छ । यो सँगै बढ्दो शहरीकरण, घर वरिपरिको खाल्डाखुल्डीमा पानी जम्नु, कौसी, गमलामा पानी जम्मा हुँदा अव्यवस्थित तथा टायरका कारण पनि काठमाडौंमा डेंगु फैलिरहेको छ । इडीसीडीअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालका अनुसार केही साता जोखिमयुक्त नै देखिएको छ ।
‘पानी पर्न रोकिँदा अबको केही साता जोखिम नै रहन्छ । विगतका वर्षमा कात्तिकसम्म नै जोखिम कायम नै थियो’, दाहालले भने, ‘अहिलेको अवस्था हेर्दा कात्तिक महिना पूरै जोखिमयुक्त हुने ठानेका छौं ।’
यो वर्ष पानी पर्न छाडेपछि अक्टोबर महिनामा मात्रै देशभर चार हजार ३० जना डेंगुबाट प्रभावित भएको तथ्यांकले देखाएको छ । गत वर्ष पनि अक्टोबरमा मात्रै १२ हजार ६९९ लाई डेंगु संक्रमण देखिएको थियो । गत वर्ष नोभेम्बरमा मात्रै डेंगु संक्रमण दर २ हजार ८ सय ५ जनामा देखिएको थियो । यो वर्ष डेंगुको संक्रमण अझै दुई सातासम्म देखिन सक्ने चिकित्सकहरुको भनाइ छ ।
पछिल्लो वर्षको तथ्यांक हेर्दा डेंगु संक्रमण १२ महिनै देखिएको छ । सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय यो भन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जलवायु परिवर्तन र तापक्रम वृद्धिको कारण डेंगु सार्ने लामखुट्टे सक्रिय भएको पाइएको हो ।
ग्रान्डी अस्पतालका डा. सुजन श्रेष्ठका अनुसार तराईका जिल्लामा विगतका वर्षमा प्रकोपको रुपमा देखिएको डेंगु संक्रमण घटेको पाइएको छ । डेंगु संक्रमण गराउने लामखुट्टे ३५ डिग्री सेल्सियस नाघेपछि बाँच्न नसक्ने भएकाले पनि विगतमा गर्मी बढेसँगै संक्रमण दर घटेको थियो । पहाड र हिमालमा भने संक्रमण बढ्नुमा डेंगु गराउने लामखुट्टे १३ डिग्री सेल्सियससम्ममा बाँच्न सक्ने उनको भनाइ छ ।
भूमध्य रेखाको दक्षिणी भागतिर प्रतिवर्ष ४ दशमलव ७ किलोमिटर सर्दै गएको छ । पछिल्लो ४० वर्षको तथ्यांक हेर्दा १.५ डिग्री सेल्सियसभन्दा बढीले पहाड र हिमालको तापक्रम बढिरहेको छ । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल हुन्छ ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा लामो समयसम्म रहिरहन्छन् । त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । संक्रमित पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा एक हजारसम्म फुल पार्नसक्छ । उक्त अण्डा विकसित हुनका लागि ८ देखि १० दिन लाग्ने गर्छ । संक्रमित लामखुट्टेको फुलबाट जन्मिएका सबै लामखुट्टे डेंगु संक्रमित हुने गर्छन् ।
अहिले संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै भएकाले त्यसले आगामी दिनमा डेंगु फैलाउन सहज वातावरण बनाउने हुन्छ । त्यसले अण्डाबाट लाभर्न प्यूपा हुँदै लामखुट्टे भएर सीधै डेंगु भाइरस सार्न सक्छ ।लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ लामखुट्टेको संख्या बढ्छ ।
नेपालमा पहिलोपटक डेंगु संक्रमण सन् २००४ मा चितवनमा फेला परेको थियो । त्यसपछि बर्सेनि नेपालमा डेंगुका समस्या देखिँदै आएको छ । सन् २००६ मा तराईका नौ जिल्लामा फैलिइसकेको थियो । सन् २००६ मा ३२ जनामा संक्रमण देखिएको थियो भने सन् २००७ मा २७ जना, सन् २००८ मा १० जनामा संक्रमण देखिएको थियो । सन् २००९ मा डेंगु सार्ने लामखुट्टेको पहिचान काठमाडौंमा भएको थियो । जसको एक वर्षपछि राजधानीमा एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसपछि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा संक्रमण देखिएको थियो भने सन् २०२० मा ५ सय ३०, सन् २०२१ मा ५ सय ४० जनामा संक्रमण देखिएको थियो । त्यस्तै, सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगुको संक्रमण देखिएको थियो ।
पछिल्लो समय जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि हुँदा डेंगुलाई उपयुक्त मौसम बन्दा सन् २०२२ यता बाह्रै महिना डेंगु संक्रमण देखिएको छ । सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १३३, फेबुरअरीमा ३ र १३०, मार्चमा १५ र १९५, अप्रिलमा १८ र १५८, मेमा २५ र १६३ तथा जुनमा ९३ र १,०२६ नयाँ केस देखिएको महाशाखाको तथ्यांक छ । त्यस्तै, जुलाईमा ७२० र ६,४५९, अगस्टमा ३,७०८ र १४,५३४, सेप्टेम्बरमा २७,५२९ र १३,९१२, अक्टोबरमा १७,८८९ र १२,६९९, नोभेम्बरमा ४,२९० र २,८०५ तथा डिसेम्बरमा ४८३ र ५७६ नयाँ केस देखिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार डेंगु संक्रमणको संख्या २२०८२ पुगेको छ । यो २१ अक्टोबरसम्मको तथ्यांक हो । डेंगु संक्रमणबाट यो वर्ष हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् भने ७७ मध्ये ७६ जिल्ला प्रभावित बनेको छ । डेंगुबाट प्रभावित हुन नसकेको एउटै जिल्ला हुम्ला मात्रै हो ।
हाल सबैभन्दा धेरै काठमाडौंमा तीन हजार १०३ संक्रमित पुगेका छन् । त्यस्तै, कास्कीमा दुई हजार ८४७, तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२ लाई संक्रमण भएको छ । चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
डेंगुकै विषयमा ग्राण्डी अस्पतालमा कार्यरत डा. सुजन श्रेष्ठसँगको कुराकानी
डेंगु भनेको के हो ?
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । डेंगु, एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो ।
डेंगु लागेको कसरी थाहा पाउने ?
डेंगुको लक्षण तुरुन्तै देखिँदैन, तीनदेखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ । र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।
डेंगु लागि हाल्यो भने के गर्नुपर्छ ?
लक्षण मिल्ने बित्तिकै डेंगु लागेको होला भनेर सम्झनुपर्यो । ज्वरो बढ्यो भने सिटामोल दिने त हो भनेर घरमै बस्न भएन । त्यसले हाम्रो शरीरमा रगतको जुन उतारचढाव हुन्छ त्यो थाहा हुँदैन र धेरै मान्छेलाई अचानक गाह्रो बनाउन सक्छ । तपाईंको छरछिमेक काम गर्ने ठाउँ वा विद्यालयमा कसैलाई डेंगु छ र तपाईंलाई पनि लक्षण छ भने एक पटक रगतको अवस्था चेक गराउनुस् । त्यसपछि चिकित्सकले परामर्शअनुसार अघि बढ्नु पर्छ ।
लक्षण मिल्ने बित्तिकै डेंगु लागेको होला भनेर सम्झनुपर्यो । ज्वरो बढ्यो भने सिटामोल दिने त हो भनेर घरमै बस्न भएन । त्यसले हाम्रो शरीरमा रगतको जुन उतारचढाव हुन्छ त्यो थाहा हुँदैन र धेरै मान्छेलाई अचानक गाह्रो बनाउन सक्छ । तपाईंको छरछिमेक काम गर्ने ठाउँ वा विद्यालयमा कसैलाई डेंगु छ र तपाईंलाई पनि लक्षण छ भने एक पटक रगतको अवस्था चेक गराउनुस् । त्यसपछि चिकित्सकले परामर्श अनुसार अघि बढ्नु पर्छ ।
किन रोकिएन संक्रमण ?
मनसुन सकिएलगत्तै विकास निर्माणको काम सुरु हुन्छ जसले गर्दा सडकमा खाल्डाखुल्डी बढ्छन् । त्यो खाल्डाखुल्डीमा पानी जम्मा हुन्छ । जुन लामखुट्टेको वृद्धि विकासको लागि सजिलो भयो, जसले गर्दा डेंगुको संक्रमण बढ्न गइरहेको छ ।
एक पटक संक्रमण भएको व्यक्तिलाई दोहोर्याएर डेंगु हुन्छ ?
एक पटक डेंगु लागेको व्यक्तिलाई फेरि फेरि डेंगु लाग्न सक्छ । जुन सालमा उसलाई डेंगु लागेको हो त्यही सालमा चाहिँ लाग्दैन किनभने उसको शरीरमा एन्टिबडी बनिसकेको हुन्छ ।
डेंगु हुँदा के खानु हुँदैन ?
यसको औषधि यही भन्ने छैन तसर्थ सिटामोल भन्दा केही नखानूस् । के केको पात पनि खान हुन्छ कि हुँदैन भनेर मलाई सोधिरहेका छन् । यसको म विषय विज्ञ त होइन यस्तो कुरामा नेपाल सरकारले नै प्रस्ट पारिदिनुपर्छ । नामै लिएर भन्नुपर्दा पसलमा पाउने नामहरू फ्लेक्सन, निम्स, ब्रुफिन जस्ता औषधी नखानूस् ।
डेंगु संक्रमणबाट बच्ने उपायहरू के के हुन सक्छ ?
जमेको पानी, फोहोरका कारण लामखुट्टे फैलिन्छ । त्यसैले घर वरिपरि पानी जम्ने खाल्डो छ भने पुर्नुपर्छ । त्यति मात्र होइन, चिया पिउने कप, बोतल आदिमा थोरै पानी जमेको छ भने त्यहाँ पनि अण्डा पार्ने भएकाले त्यसलाई उचित तरिकाले राख्नुपर्छ, ताकि त्यहाँ पानी जम्न नपाओस् । डेंगुको संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा अण्डा पार्ने गर्छ । त्यसैले सफा पानी पनि एउटै भाँडोमा खुला रुपमा राख्नु हुँदैन ।
याे लेख लाेकपथमा प्रकासित छ ।
https://www.nsancharonline.com/archives/21816?p=21816कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/21816?p=21816२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/21816?p=21816पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/21816?p=21816दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/21816?p=21816काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/21816?p=21816दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/21816?p=21816कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/21816?p=21816एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/21816?p=21816गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/21816?p=21816चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति