पत्रकार क्षेत्रीको हृदयघातका कारण निधन
कावासोती । गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर तथा विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेमबहादुर क्षेत्रीको हृदयघातका कारण अकल्पनीय निधन भएको छ ।
शनिबार राती ११ बजे मुटु दुखेपछि उहाँलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा उहाँको निधन भएको हो । पत्रकार क्षेत्रीको पार्थिव शरिर अहिले उहाँको माडिमा रहेको निवासमा राखिएको छ । पार्थिव शरिरको अन्त्येष्टी देवघाटधाममा विहान ९ बजे पश्चात हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।
३६ वर्षका पत्रकार क्षेत्रीको श्रीमती र एक छोरी हुनुहुन्छ । आमसञ्चार तथा पत्रकारितामा स्नातक अध्ययन गरेर पत्रकार क्षेत्री विगत १७ वर्षदेखि सामुदायिक रेडियो विजय एफएममा क्रियाशील रहनुभएको थियो । पत्रकार क्षेत्रीले स्थानीय विकास र सुशासन, शिक्षा, स्वास्थ्य, वित्तिय सचेतना, वातावरण संरक्षण लगायतका विषयमा लेख्दैबोल्दै आउनुभएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय
कावासोती । नवलपुर प्रहरीले लामो दुरीको ग्रामीण गस्ती (लङ रुट