गर्भावस्थामा ग्यास्ट्रिकले सतायो, के गर्ने ?
गर्भावस्था संवेदनशील र महत्वपूर्ण अवस्था हो । यो समयमा हर्मोनको गडबडले स्वास्थ्यमा विभिन्न समस्या देखिन्छ । स्वास्थ्य समस्या देखिएमा कुनै पनि औषधि खाँदा विशेष सावधानी अपनाउनुपर्छ ।
‘ओभर द काउन्टर’ मनलाग्दी औषधि त खानै हुँदैन । किनकि औषधिको डोजले यो समयमा अन्यबेला बढी समस्यामा पार्न सक्छ । आमालाई मात्र होइन, गर्भमा रहेको बच्चालाई समेत नकारात्मक असर पार्ने हुँदा सजग हुनैपर्छ ।
गर्भावस्थामा ग्यास्ट्रिक किन हुन्छ ?
प्रोजेस्टोरोन हर्मोनको गडबडले आन्द्रामा असर पार्ने कारणले ग्यास्ट्रिक गराउन सक्छ । अर्को भनेको यो समयमा अन्ननली कमजोर भई पेटको अम्लीय पानी घाँटीमा आइरहने समस्या हुन्छ । जसकारण महिलाले अमिलो पानी मुखमा आएको अनुभव गर्छिन् । त्यस्तै, कुनै खानेकुरा र औषधिको प्रतिक्रियाले पनि यो समस्या ल्याउँछ ।
लक्षण:
छाती पोल्ने, बान्ता हुने, अमिलो डकार आउने, पेट दुख्ने वा अप्ठ्यारो अनुभव हुने र हल्का डाइरिया हुने जस्ता लक्षण हुनसक्छ ।
ग्यास्ट्रिक देखिए उपचार के हुनसक्छ ?
यस्तो समस्या भएको २४ घण्टामै अवस्था सामान्य छ भने केही औषधि गर्नु पर्दैन । तर समस्या बढ्यो भने एक पटक देखाइरहेको चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलालाई प्रत्येक दुई घण्टामा सुपाच्य खानेकुरा खानुपर्छ । चिकित्सकले अवस्था हेरेर एन्टिएसिड औषधिको रुपमा डायजिनको झोल चलाउन सकिन्छ ।
त्यसले पनि असर नगरेमा प्यानटप एकिलग भन्ने औषधि सिफारिस गर्न सक्छन् । यी औषधि अन्य औषधिभन्दा कम साइड-इफेक्ट र सुरक्षित छ । तर चिकित्सकको सल्लाह विना लिन भने मिल्दैन ।
औषधिसँगै पर्याप्त मात्रामा पानी खाने, फाइबरयुक्त खानेकुरा खाने, सोडायुक्त, तारेको, मसालेदार खानेकुरामा कम गर्ने, सहज हुने खालका हलुका लुगा लगाउने र मनतातो पानीले नुहाउने गर्दा यो समस्या कम हुँदै जान सक्छ । सुपाच्य खानेकुरामा बढी जोड दिनुपर्छ । ताकि, पाचन प्रक्रियामा खानेकुरा टुक्राउन र पचाउन सहज होस् ।
ग्यास्ट्रिकले गर्भमा रहेको बच्चामा कुनै असर पार्छ ?
ग्यास्ट्रिक भएमा महिलालाई मात्र प्रभाव पार्छ । ग्यास्ट्रिकको प्रकृति अनुसारकै लक्षण देखिन्छ । तर गर्भमा रहेको बच्चामा भने यसको नकारात्मक प्रभाव पर्दैन ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय
कावासोती । नवलपुर प्रहरीले लामो दुरीको ग्रामीण गस्ती (लङ रुट