नारायणघाट–बुटबल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने

कावासोती, कात्तिक १२ गते । नारायणघाट–बुटबल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने भएको छ ।

सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले चालक र गाडीको गतिसमेत डिटेक्ट गर्ने एनपीआर क्यामेरा जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार एउटा क्यामेराको मूल्य एक लाख २५ हजार रुपैयाँ पर्छ ।

उक्त रकम जिल्लाका पालिकाबाट प्राप्त हुने र कुन पालिकाले कति रुपियाँ दिने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहितको छलफलबाट तय हुने उनले जानकारी दिए ।

बाटो विस्तारका क्रममा रहेकाले अहिले नारायणघाट–बुटबल सडक खण्डमा राखिएका क्यामेराहरु हराएका र केही बिग्रेको अवस्थामा छन् । हाल दुम्कीबाटमा एउटा मात्र सीसी क्यामेरा रहेको प्रहरीले जनाएको छ ।

यसअघि बाटो विस्तारको काम पूर्ण रुपमा सकिएपछि मात्र क्यामेरा जडान गर्ने भनिए पनि बाटो विस्तारको काम सम्पन्न हुन समय लाग्ने देखिएपछि सहर बजारमा सडक बनेको ठाउँमा क्यामेरा जडान गरिने भएको हो ।

हाल सडक विस्तार भएका ठाउँमा अत्यधिक गतिमा सवारी साधन चलाउने गरिएकाले त्यसले दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले गति सीमित गर्न पनि चालकलाई आग्रह गरेको छ ।

प्रहरी नायव उपरीक्षक शाहले व्यक्तिगत प्रयोजनका लागि विभिन्न पसलमा राखेका क्यामेरामध्ये एउटा क्यामेरा सडकतर्फ फर्काएर राखी प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 30 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *