चौधरी उद्योगमा काम गर्ने ३ जना महिलाहरुलाई कोरोना देखिएपछि स्थानियबासी त्रसीत

देवचुली नगरपालिका २ स्थित चौधरी उद्योगका कर्मचारीको चहलपहलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय त्रसित भएका छन् । केही दिनअघि स्थानीय सोही उद्योगमा कार्यरत कर्मचारी विरामी भइ घर पठाइएपछि स्थानीयबासी झनै त्रसित बनेका हुन् । हिजो मात्रै ती महिलालाई कोरोना संक्रमण पुष्टी भएको थियो । सिजी छेउछाउका बासिन्दा तथा टोल विकास समितिले स्थानीय जनप्रतिनिधिकै रोहबरमा कम्पनीको ब्यवस्थापन पक्षसँग छलफल गरी सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको थियो ।कोरोना संक्रमणको पहिलो लहरमा कम्पनीले स्वास्थ्य सुरक्षा अपनाए पनि अहिलेको संक्रमणको डरलाग्दो अवस्था आउँदा झनै बेवास्ता गरेकाले जोखिम बढेको स्थानीय सुन्दरबस्ती टोल सुधार समिति अध्यक्ष बिनोद सिलवालले बताउनुभयो । आफूहरुले कम्तीमा पनि कर्मचारीलाई केही दिन कम्पनी भित्रै राखेर काम गराउनु आग्रह गरेको बताउनुभयो । कम्तीमा एक साताका लागि ‘चेनब्रेक’ गर्न आफूहरुले कम्पनीसँग आग्रह गरेको एमाले वडा कमिटी अध्यक्ष बद्रीप्रसाद कोइरालाले बताउनुभयो । सरकारले उद्योग कलखाना निर्वाध रुपमा सञ्चालन गर्न दिएपछि पूर्व पश्चिमबाट कच्चा पदार्थहरु ल्याइने हुने ढुवानी चालक सहचालकबाट पनि उत्तिकै जोखिम रहेको नेपाली कांग्रेस वडा नम्बर २ का सभापति भेषराज न्यापानले बताउनुभयो । कम्पनीका अधिकृत तहका कर्मचारीहरुको भने बारम्बार पीसीआर परीक्षण गरी स्वास्थ्य सतर्कता अपनाउने गरे पनि तल्लो तहका कर्मचारीलाई भने बेवास्ता गरिएको कम्पनीकै कर्मचारीहरुले गुनासो गरेका छन् । उद्योग प्रशासनले भने स्वास्थ्यका सबै प्रोटोकल पूरा गरेर उद्योग सञ्चालन गरिएको जनाएको छ । टाढाबाट आउने कर्मचारीहरुलाई बसको ब्यवस्था गर्नुका साथै प्रत्येक गाडीलाई निर्मलीकरण गर्ने गरिएको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताउनुभयो ।कारखाना भित्रै विरामीहरुका लागि अक्सिजनसहितको आइसोेलेशन बनाइएको तथा भिडभाड हुने ठाउँमा बेरियरहरु बनाइएको पनि पौडेलको भनाई छ ।स्थानीय र उद्योग प्रशासनबीचको छलफलपछि चहलपहल कम भए पनि अन्य सुरक्षा मापदण्डको कुनै पनि कुरा कार्यान्वयन नभएको देवचुली २ का वडाअध्यक्ष माधव केसीले बताउनुभयो ।कारखाना मजदुर युनियन सिजी फुड्स इकाई अध्यक्ष चीनराज महतोले अहिलेको विषम परिस्थितिमा सेनिटाइजर र माक्स प्रयोग गरी आफूहरु काममा लागेको बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 8 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 11 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *