मोटर साइकलको स्वरुप परिवर्तन गर्नेविरुद्ध नवलपुर प्रहरीको अप्रेसन
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरेको जनाएको छ ।
ठूलो आवाज आउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिए ।
एक महिनाको अवधीमा यसरी मोटर साइकलको स्वरुप परिवर्तन गर्ने १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
मोटरसाइकल चालकले साइलेन्सर, ह्याण्डल, लाइटलगायतका पार्टपुर्जा परिवर्तन गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
सामान्य पार्टपुर्जा परिवर्तनलाई पाँचदेखि सातसय रुपैयाँ जरिवाना गरेर पठाउने गरिएको छ । ठूलो परिवर्तन गरेकाहरुलाई यातायात कार्यालय पठाउने गरिएको प्रहरी निरीक्षक बन्जराले बताए ।
यातायात कार्यालयले आफूकहाँ आएको स्वरुप परिवर्तनका मोटरसाइकल चालकलाई पाँचदेखि सात हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको छ । यातायात कार्यालयको अनुमतिविना मोटरसाइकलको स्वरुप परिवर्तन गर्न पाइँदैन ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
बोमलाल गिरी, नवलपुर, कात्तिक १५ गते । नारायणघाट–बुटबल सडक
कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय
कावासोती । नवलपुर प्रहरीले लामो दुरीको ग्रामीण गस्ती (लङ रुट