५ किलोभन्दा बढी सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

  • समाचार
  • २०८१ कार्तिक २१, बुधबार १२:५१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् ।

एयर अरेबियाको उडान नं. जी ९५३० बाट शारजाहबाट काठमाडौं आएका उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखिएको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित पक्राउ गरिएको हो ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले निन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको सशस्त्र प्रहरी सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २०, आईतवार २२:५३
  • 101 views
अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

विस्तृत.....

  • २०८१ माघ १३, आईतवार १४:५१
  • 38 views
विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *