प्रहरी छल्दै क्षमता भन्दा बढि यात्रु बोक्छन नवलपुरको पहाडी क्षेत्रमा चल्ने यातायातका साधनहरू ।

सन्जय भट्टराई, कावासोती । गत कार्तिक ३ गते बुलिङटारबाट कावासोती आउदैँ गरेको यात्रु बाहक जीप दुर्घटना हुदाँ २ जनाले ज्यान गुमाए भने ३२ जना घाईते भए ।

मुस्किलले ८ देखि १० जना अटने जीपमा ३४ जना यात्रु लिएर कावासोती आउदैँ गरेको उक्त जीप प्रहरी चेकिङ छल्न कुमसोतबाट बालुवाडाँडा हुदै कावासोती आउने क्रममा तिव्र गति र क्षमता भन्दा बढी यात्री बोकेका कारण दुर्घटना भएको थियो ।

त्यस्तै कार्तिक २० गते मंगलबार चालक सहित ७ जना यात्रु बोकेर कुमसोेतबाट दलदले आउदैँ गरेको ग.प्र.०४ ००१ ह ००७२ नंको अटो नियन्त्रण गुमाएर पल्टिदा ६ जना यात्रु घाईते भएका थिए ।

बालुवाडाँडामा भएको दुर्घटना भएको केही दिन पत्रपत्रिका र सामाजिक सञ्जाल ताते । क्षमता भन्दा धेरै यात्रु बाकेर आएको जीप दुर्घटनाको समाचारले झस्किए, केही समय सावधान र सचेत पनि भए । तर, केही दिनमै घटनासँगै समाचार पनि आउन छाडे । सडक सुरक्षाको बहस सेलायो सँगसँगै क्षमता भन्दा धेरै यात्रु बोक्ने क्रम सुरु भयो त्यति मात्रै होईन त्यसरी क्षमता भन्दा धेरै यात्रु बोकेर आउने तर प्रहरीको चेकिङ छल्न चालक र सहचालकले उही पुरानै पारा सुरु गरे चेकिङ अगाडी यात्रु ओराल्ने केही पर गएर फेरि चढाउने ।

बुधबार बुलिङटारको भारतीपुरबाट त्यसै गरि २ वटा जीपले प्रत्येक जीपमा २५ जनाको हाराहारीमा यात्रु चढाएर ल्याउने क्रममा कुमसोतमा हुने प्रहरीको चेकिङ छल्न यात्रु ओराले । सोही जीपमा यात्रा गरेर दलदले सम्म आएका सागर शर्मा (नाम परिवर्तन) ले बीच बाटोमा क्षमता भन्दा धेरै यात्रु नचढाउन आग्रह गर्दा उल्टै चालक र सहचालकले गाली गर्ने थर्काउने गरेको बताए ।

कुमसोतमा चेकिङको क्रममा एक जना यात्रुले चेकिङ छल्न आफुहरुलाई हिडाएर केही तल जान भनेको कुरा प्रहरीलाई बताए पछि चेकिङमा खटिएका प्रहरीले उक्त जीपलाई दुई खेप गर्न लगाए । दुई खेप गर्न हिडेको जीपले पहिलो खेपका यात्रुलाई केही तल मुण्डेमानै झारेर अर्र्को खेप लिन गएको ती यात्रुले नवलपुर टाईम्सलाई बताए । प्रहरीलाई खबर गरे प्रहरीकै गाडी आउने जानु गर्नु, बिरामी पर्दा प्रहरीलाईनै बोलाउनु भनेर भावानात्मक दबाब समेत दिने गरेको ती यात्रु बताउछन ।

नवलपुरको दलदलेबाट पहाडी क्षेत्र जाने यातायातहरु नवलपुर लेकबेसी यातायात प्राली र चौतारी यातायात प्रालीका रहेका छन । दलदलेबाट माथी जाने बाटे उकालो, ओराली, धेरै घुम्ती तथा मोड एवं भिर भएको क्षेत्र पर्दछ । पटक पटक क्षमता भन्दा यात्रु बोकर फर्कने तथा जाने क्रममा दुर्घटना भएका छन ।

यातायातका चालक र सहचालकले प्रहरीको चेकिङ छल्न यात्रु ओराल्ने र फेरि चढाउने गरेको भेटन साथ कार्वाही गर्ने गरेको भए पनि त्यो क्रम भने नरोकिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले बताए ।

“यो विषयमा पटक पटक यातायातका चालक सहचालक यातायात धनीलाई कार्वाही गरिएको छ, सचेत बनाईएको छ, तर पनि उहाँहरुको प्रवृतिमा सुधार भएन”, बञ्जाराले भने, “यसरी नै अटेर गरिरहे मुद्धानै चलाउने अवस्था आउन सक्छ ।” अहिले ट्राफिक प्रहरीले यस्ता यातायातका चालक, सहचालकर सवारी भनिलाई जरीवाना लिई सचेत गराएर छाडने गरेको छ ।

यो विषयमा कुरा गर्न नवलपुर लेकबेसी यातायात प्रालीका अध्यक्ष युवराज बस्याललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।