संक्रमितको शव व्यवस्थापनमा कमिसनको खेल, प्रशासन मुकदर्शक ।
डोलराज रानाभाट
चितवन । कोरोना संक्रमितको शव जलाएर व्यवस्थापन गर्न जिल्लामा बार्गेनिङ नै चल्ने गर्छ । सरकारले निःशुल्क गर्ने भने पनि वार्गेनिङ गर्नेहरूले आफन्तलाई गुमराहामा राख्दै चर्को शुल्क असुल्ने गरेका छन् ।
अस्पतालकै गार्डदेखि बार्गेनिङ सुरु हुने र निःशुल्क भनिए पनि चर्को मूल्य तिर्नु परेपछि चर्को शुल्क असुल्नेहरूलाई मृतकका आफन्तहरूले कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । चितवनको भरतपुर– १० की मुना पाण्डेले गत वैशाख २३ गते कोरोना संक्रमणका कारण आफन्त गुमाउनपर्यो । चितवन मेडिकल कलेजमा डायलासिसको उपचार गराइरहनुभएको उहाँको आफन्तलाई कोरोना पोजेटिभसमेत देखियो ।
अस्पताल लगेको दुई घण्टा कुरेपछि अक्सिजन र शय्या पाएर उपचार सुरु भएको भोलिपल्टै आफन्तको निधन भयो । आफन्त गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि शव जलाएर व्यवस्थापन गरिदिने भन्दै बार्गेनिङ गर्न आउनेहरूले पीडामा नून छर्ने काम गरे । गैरजिम्मेवार सरकार, फितलो प्रशासन र निरीह स्थानीय तहका कारण मरेपछि पनि वार्गेनिङ हुने स्थिति आइपरेको पीडितको भनाइ छ ।
अस्पतालमा चलेको वार्गेनिङ नारायणी नदीको घाटसम्म पुग्छ । शव जलाएकाहरूले बिलविना मनोमानि ढंगले रकम असुलिरहेका हुन्छन् । न त्यहाँ कुनै सरकारको प्रतिनिधि हुन्छ, न नियमन गर्ने व्यक्ति । लाशमाथि पनि गिद्धेनजर राख्नेहरूलाई प्रशासनले कारबाही नगरेको भन्दै मृतकका आफन्त आक्रोशित छन् ।
चौतर्फि आलोचना र दबाब पछि चितवनमा अहिले कोरोना संक्रमितको शव व्यवपस्थापन निःशुल्क गरिएको छ । तर, यही सूचना पनि प्रवाह गर्ने अस्पतालमा कुनै शाखा छैन । आफन्त गुमाएको पीडामा रहेकाहरूलाई सही सूचना दिने निकाय नहुँदा यसको फाइदा विचौलियाहरूले उठाइरहेका छन् ।
तर, प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेले भने अहिले शव घाटसम्म लग्ने र दाउरा निःशुल्क व्यवस्था गरेको बताउनुहुन्छ । हरेक अस्पतालमा प्रहरी रहेको र त्यहाँबाट सबै जानकारी पाउने बताउँदै उजुरी परे कानून विपरीत कार्य गर्ने जोकोहीलाइ कारवाही गर्ने उहाँको भनाइ छ ।
अस्वभाविक रकम दिन वाध्य भएर आफन्तको दाहसंस्कार गरेकाहरूले प्रशासन र भरतपुर महानगरपालिकाको पछिल्लो निर्णयलाई धन्यवाद दिँदै सफल कार्यान्वयनमा जोड दिएका छन् । तर, लाशमाथि कमिसन खाएकाहरूलाई कारबाही नगरेको भन्दै उनीहरू आक्रोशित छन् ।
पीडामा कसलाई के भन्ने भएका आफन्तहरू मिडिया र सामाजिक सञ्जालमार्फत बढि रकम तिरेको गुनासो पोखिरहेका छन् । तर, लाशमाथि कमिशन खानेहरूलाई प्रहरी र प्रशासनले अझै कुनै कारबाही गरेको छैन । त्यस्ता व्यक्तिहरूलाई छानविनसहित कानूनी दायरामा ल्याउन मृतकका आफन्तहरूले प्रशासन र सरकारसँग माग गरेका छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा १९ आश्विन स्याङ्जा । प्रहरी