चितवनमा रविका समर्थक र प्रहरीबीच झडप, १० जना घाइते

  • समाचार
  • २०८१ मंसिर १९, बुधबार २१:२१

चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । प्रारम्भिक जानकारी अनुसार जिल्ला सभापति कृष्ण भुसाल सहित १० जना घाइते भएका छन् ।

रविका समर्थकले लामिछाने निर्दोष रहेको र राजनैतिक पूर्वाग्रहका कारण थुनामा रहेकाले निःशर्त छाडिनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए । उता जिल्ला समन्वय समिति अगाडि निस्किएको सहकारी पीडितहरुको र्‍याली भने लामिछानेसहितका सहकारी ठगी आरोप लागेकाहरुलाई कारबाहीको माग गरेका छन् ।

सहकारी पीडित र रवि समर्थकहरुको भेट नहोस् भनेर प्रहरीले सतर्कता अपनाएको छ । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रदर्शनकारीहरुलाई पानीको फोहोरा हानेको छ ।

लामिछानेलाई मङ्गलबार बयानका लागि चितवन ल्याइएको चितवनका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । लामिछानेको बयान दोस्रो दिन पनि जारी छ ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक मङ्सिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पूरक जाहेरी दिएका थिए। मङ्सिर ७ गते चितवनमा पक्राउ पुर्जी जारी गरिएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 26 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 19 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *