नवलपुरको कावासोती इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टले वार्षिकोत्सवको अवसरमा विविध प्रतियोगिता गर्ने ।।

ज्ञानु पंगेनी , कावासोती । नवलपुरको कावासोती दुईमा रहेको कावासोती इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टले विविध प्रतियोगिता सहितका कार्यक्रम गरेर आफ्नो पाँचौं वार्षिकोत्सव मनाउने भएको छ ।
कावासोती इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्ट यही पुस १९ गते पाँचौ वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।
पुष १९ गतेदेखी पुष १९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको संस्थाले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा संस्थाका प्रिन्सिपल सुदिप चापागाँईँले लाटे आर्ट प्रतियोगिता , हाजिरीजवाफ प्रतियोगिता , बक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार कावासोतीका विद्यालयलाई लक्षित गरी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, ‘स्थानीय संस्कृती र परिकारः पर्यटक आकर्षणको मुख्या आधार’ भन्ने शीर्षकमा खुल्ला बक्तृत्वकला प्रतियोगिता, क्याफे व्यवशायीहरुका लागि जिल्ला स्तरीय लाटे आर्ट प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
बक्तृत्वकला प्रतियोगिता अनलाईन तथा प्रत्यक्ष रुपमा गरि दुई चरणमा हुने चापागाईंले बताउनुभयो । अनलाइनका माध्यमबाट उत्कृष्ट पाँ जनालाई छनौट गरि पुष १९ गते प्रत्यक्ष कार्यक्रममा प्रतियोगिता गराईने उहाँले जानकारी दिनुभयो ।
हाजिरीजवाफ प्रतियोगिता पुस १४ गते, बक्तृत्वकला प्रतियोगिता १७ गते र लाटे आर्ट प्रतियोगिता १८ गते हुनेछ ।
स्थानीय संस्कृति र परिकारको प्रबद्र्धन , प्रतियोगिताहरु मार्फत स्थानीय परिकार र संस्कृतिलाई प्रचार गर्दै पर्यटनलाई बलियो बनाउने , युवा प्रतिभाको उजागर गर्ने र विद्यार्थी, युवा र व्यवशायीलाई आफ्नो ज्ञान, सीप तथा कला प्रदर्शनीका लागि प्रेरित गर्नका लागि कार्यक्रम आयोजना गर्न लागेको संस्थाका प्रिन्सिपल चापागाँईँले जानकारी दिनुभयो ।

हाजिरीजवाफ र बक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार पाँच सय, द्धितिय हुनेलाई पाँच हजार पाँच सय नगदसहित, मेडल, ट्रफी र प्रमाणपत्र तथा लाटे आर्टमा प्रथम हुनेलाई नगर पाँच हजार र द्धितिय हुनेलाई तीन हजार नगद, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने आयोजकको भनाइ छ ।
कावासोती इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेन्टले अहिलेसम्म दुई हजार भन्दा बढी दक्ष जनशक्ति तयार गरेको जानकारी गराइएको थियो । स्थानीय स्तरमा समेत यहाँका जनशक्तिले राम्रो काम गरिरहेको संस्थाको भनाई रहेको छ ।
संस्थाको मुख्य उदेश्य भनेको अदक्ष मेनपावरलाई दक्ष बनाउने र आयआर्नमा जोड्ने नै रहेको संस्थाका प्रिन्सिपल सुदिप चापागाँईँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पवन भुर्तेलले सहजीकरण गर्नुभएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 7 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 7 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *