फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल सजाय :

१८ फागुन, काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ ।

सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु पनि मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले न्यायाधीशलाई गरेको फोन प्रहरीले ट्याप गरेसँगै यो मुद्दा चर्चामा आएको थियो । सार्कोजी र उनका वकिलहरुले न्यायाधीशलाई प्रभावित पार्न खोजेको पाइएको अदालतको ठहर छ ।

सर्कोजीका वकिलले अदालतले सुनाएको यो फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् । यो प्रक्रिया पूरा नहुँदासम्म सर्कोजी स्वतन्त्र हुनेछन् । यो प्रक्रिया सकिन केही वर्ष लाग्न सक्छ ।

फैसला सुनाउने क्रममा न्यायाधीश क्रिस्टिन मीले सर्कोजीलाई आफूले नराम्रो काम गर्दै छु भन्ने थाहा भएको र पूर्व राष्ट्रपति र उनका वकिलको कार्यले न्यायालयको छवि बिगारेको बताएकी थिइन् ।

फ्रान्सको इतिहासमा यो मुद्दालाई निकै महत्वपूर्ण मानिएको छ । सार्कोजीले गरेको अपिल असफल भएको अवस्थामा उनलाई सुनाइएको जेल सजाय उनले आफ्नै घरमा बसेर पूरा गर्न सक्नेछन् । सार्कोजी सन् २००७ मा पाँच वर्षको लागि फ्रान्सको राष्ट्रपति बनेका थिए ।

सार्कोजीमाथि फ्रान्समा सन् २०१२ को निर्वाचन प्रचार अभियानमा सीमाभन्दा धेरै रकम खर्च गरेको र सन् २००७ को निर्वाचन प्रचारको लागि लिबियाका तत्कालीन शासक मुआमार गद्दाफीबाट पैसा लिएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १६, बुधबार १४:४९
    • 155 views
    अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

    काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

    विस्तृत.....

    • २०८१ माघ १५, मंगलवार १२:१८
    • 44 views
    अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

    १४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *