एनपीएल क्रिकेटको फाइनल खेलपछि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ ।

काठमाडौं । एनपीएल क्रिकेटको फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर बस्ने २१ वर्षिय अशोक साउद र सोही जिल्लाकै दिपायल सिलगढी नगरपालिका-१ का १९ वर्षिय गणेश साउद छन् ।

त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको थियो । कुटपिटमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अपमानजनक शब्द प्रयोग गरेको र साम्प्रदायिक सद्भभाव बिगार्न खोजेको आरोप समेत लगाइएको छ । पक्राउ परेकालाई प्रहरीवृत्त कीर्तिपुरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको काठमाडौं प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 26 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 18 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *