‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले,आउनुहोस् प्रतिरोध गरौं – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको प्रतिरोध गर्न आव्हान गर्नु भएको छ ।

नेता थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेकोप्रति आक्रोश पोख्दै प्रतिरोध गर्न आव्हान गर्नु भएको हो ।

‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्’ थापा टुईटरमा लेख्नुहुन्छ, ‘नेतागण ! न अलमलिउँ,खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’

त्यैगरि उहाँले खड्ग ओली र विद्या भण्डारीलाई संविधान र संसद विघटन मन नपरेको बताउदै उनीहरुको मिसन मिसन त संसद र संविधानको हुर्मत लिनु मात्र भएको आरोप लगानुभयो ।

उहाँ लेख्नुहुन्छ ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद ! विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६ (३) को सरकार गठन,विश्वास लिनुको सट्टा ७६(५) को आव्हान,अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए ।’