कावासोतीको सिमलघारी र दश घरे क्षेत्रमा गैँडाको आतङक , समस्या समाधान गरिदिन स्थानीयको आग्रह

ज्ञानु पंगेनी , पुष ११ : कावासोती पाँच र दुईको सिमाना सिमलघारी र दश घरे क्षेत्रमा गैँडाले आतङक मच्चाएको स्थानीयले गुनासो गरेका छन् ।
गैँडाले किसानले लगाएको बालीनाली खाएर नोक्सान पु¥याएको छ भने रातको समय र बिहानको समयमा काम विशेष र मर्निङ वाक हिँड्ने स्थानीयलाई मानवीय क्षति हुने हो कि भन्ने समेत त्रास छाएको छ ।
नजिकै रहेको सामुदायिक वनबाट गैँडा बस्ती छिरेर त्रसित पारेको स्थानीयले गुनासो गरेका छन् ।
 
केही दिन देखि गैँडाले यस क्षेत्रमा गहुँ बाली, तोरी तथा तरकारी बाली लगायतका बालीमा पसेर बाली खाइदिने , माडेर सोतर पारिदिने गरेको स्थानीय पीताम्बर शर्माले बताउनुभयो । सो क्षेत्रका धेरै किसानले लगाएको बालीनाली गैँडाले क्षति पु¥याएको उहाँले बताउनुभयो । गैँडाको त्रास बढेपछि रात र बिहानको समयमा काम विशेषले आवतजावत गर्न निकै समस्या भएको उहाँले गुनासो गर्नुभयो ।
 
विगत एक हप्तादेखि गैँडाले यस क्षेत्रमा त्रसित बनाएकोले यो समस्या समाधान गर्न स्थानीय निकाय र सम्बन्धित निकायले पहल गरिदिनका लागि उहाँले अनुरोध समेत गर्नुभएको छ । कुनै अप्रिय घटना हुन नदिनका लागि गैँडा गाउँ नपस्ने वातावरण बनाउन उहाँले आग्रह गर्नुभएको छ ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २२:०३
    • 7 views
    माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

    कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 7 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *