तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो ।

स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर छ ।

यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।
एजेन्सीको सहयोगमा….

सम्बन्धित समाचारहरूः

  • २०८१ पुष २५, बिहीबार २१:३३
  • 26 views
नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

विस्तृत.....

  • २०८१ पुष २५, बिहीबार ०९:२२
  • 52 views
लस एन्जलसमा लागेको आगो लगातार फैलिँदै : ५ जनाको मृत्यु, आपतकाल घोषणा

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो । वनमा लागेको आगलागीका कारण…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *