नवलपुरका स्थानीय पालिकाका शिक्षा र महिला तथा बालबालिका शाखाका कर्मचारीहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
बिहीबार र शुक्रबार संचालन हुने सो अभिमुखिकरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवम् पूर्व मन्त्री महेद्र ध्वज जिसीको प्रमुख आतिथ्यता तथा सामाजिक विकास कार्यालय नवलरासी(ब.सु.पूर्व) का प्रमुख कृष्ण प्रसाद पौडेलको अध्यक्षता रहेको थियो ।
कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्दै पौडेलले ३ वटै तहका सरकारका महिला तथा बालबालिका सम्वन्धि निति तथा कार्यक्रमको जानकारी गराएका थिए । प्रमुख अतिथि जिसीले तिन वटा सरकारको तालमेल नमिलेका कारण बनेका योजनाको कार्यान्वयनमा कठिनाई भएको बताए । कार्यक्रममा सहजिकरण गोपाल प्रसाद कंडेल र शान्ता कुमारी पौडेलले गरेका हुन् ।
कार्यक्रम संचालन सामाजिक विकास कार्यालयका अधिकृत गणेश प्रसाद कोइरालाले गरेका थिए ।